इंग्ल्यान्डको जितले रोमाञ्चक होड

0
Shares

लन्डन, (एजेन्सी) ।

अस्टे«लियामा जारी टी २० विश्वकप रोमाञ् चक क्षणमा पुगेको छ । मंगलबार भएको खेलमा इंग्ल्यान्डले न्युजिल्यान्डलाई २० रनले हराएपछि सेमिफाइनल होड रोमाञ्चक बनेको हो । यो जितले न्युजिल्यान्ड, इंग्ल्यान्ड र आयोजक टोली अस्टे«लियाको समान ५–५ अंक भएको छ । अन्तिम चारमा दुई टोली मात्रै जाने भएको हुँदा अन्तिम खेल निर्णायक बन्नेछ ।

इंग्ल्यान्ड हारेमा सेमिफाइनल होडबाट बाहिरिने थियो । पहिलो ब्याटिङ गर्न पाउँदा यसको फाइदा लिँदै इंग्ल्यान्डले १ सय ७९ रन बनायो । जोस बटलरले सर्वाधिक ७० रन बनाएका थिए । बटलर र एलेक्स हेल्सले पहिलो विकेटका लागि ८१ रन जोडेका थिए । हेल्सले ५२ रनको योगदान दिएका थिए ।

जवाफमा न्युजिल्यान्डको सुरुवात खराब भएको थियो । २८ रनमै दुई विकेट गुमिसकेको थियो । तर, कप्तान केन विलियमसन र ग्लेन फिलिप्स्ले ५९ बलमा ९१ रनको साझेदारी गर्दा जितको निकट थियो । ३१ बलमा ६१ रनको आवश्यक हुँदा बेन स्टोक्सले यो साझेदारी तोडेर न्युजिल्यान्डलाई पछाडि धकेले । उनले विलियमसनलाई ४० रनमा पभेलियन फर्काएका थिए । साम करानले १८औं ओभरलाई फिलिप्सको विकेट लिए । उनले ३६ बलमा ६२ रन जोडेका थिए । यो विकेट पतनसँगै न्युजिल्यान्डको हार पक्का भएको थियो ।

श्रीलंकाको जित

सोही समूहमा रहेको एसिया कप विजेता श्रीलंकाले पनि महत्वपूर्ण जित हात पारेको छ । श्रीलंकाले अफगानिस्तानलाई हराएर २ अंक बटुल्दै ४ खेलमा ४ अंक बनाएको हो । यदि अन्तिम खेलमा इंग्ल्यान्डलाई हराउन सकेमा श्रीलंकाको लागि अन्तिम चारको यात्रा संभव हुन सक्नेछ । यदि इंग्ल्यान्डले जितेमा श्रीलंकाको यात्रा समूह चरणसम्म रहनेछ ।