प्रधानसेनापति शर्मा र अमेरिकी राजदूतबीच भेटवार्ता

0
Shares

काठमाडौँ।

प्रधानसेनापति प्रभुराम शर्मासँग नेपालका लागि अमेरिकी राजदूत डिन रिचार्ड थोम्पसनले भेट गर्नुभएको छ ।

सैनिक मुख्यालय जङ्गीअड्डामा आज भएको भेटवार्तामा उहाँहरुबीच दुई पक्षीय हित तथा पारस्परिक सम्बन्धका विषयमा विचारविमर्श भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

यस्ता भेटघाटले दुई देशबीचको सम्बन्धलाई सुमधुर एवं प्रगाढ तुल्याउन थप मद्दत पुग्ने सेनाले विश्वास लिएको छ ।