जुवातास खेलिरहेको अवस्थामा १६ जना पक्राउ

0
Shares

चितवन।

भरतपुर महानगरपालिका-११ लामाटोल बस्ने मैति लामाको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ४० वर्षीया मिना कुमारी दर्लामी समेत १६ जनालाई गएराति प्रहरीले पक्रउ गरेको छ ।

उनको घरमा जुवा खेलिरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय चितवनबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख २८ हजार रूपैयाँ र १६ थान कौडा सहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।