टिकट नपाएर पार्टी छाड्नेहरु अवसरवादी : सचिव विश्वकर्मा



बुटवल ।

नेकपा एमालेका सचिव छविलाल विश्वकर्माले टिकट नपाउँदैमा पार्टी छाडेर रातारात विपक्षीको उम्मेदवार बन्ने घनश्याम भुसालमा राजनीतिक चरित्र समाप्त भएको आरोप लगाउनु भएको छ।

रुपन्देही १ को प्रतिनिधि सभा सदस्य उम्मेदवार समेत रहेका विश्वकर्माले एकपटक टिकट नपाउँदैमा पार्टीलाई धोखा दिएको आरोप समेत लगाउनु भयो ।

एमाले, राप्रपा र जसपाले रुपन्देहीको देवदहमा गरेको चुनावी सभामा बोल्दै विश्वकर्माले अरुलाई चुनावदेखि चुनावसम्मको राजनीति गरेको आरोप लगाउने भुसालले एउटा चुनावमा टिकट नपाउने वित्तिकै विपक्षीसंग मिलेमतोमा जानुले उहाँको असली मुखुण्डो उदांगो भएको टिप्पणी गर्नु भयो ।

रुपन्देही १ मा भुसाल सत्ता गठबन्धनको समर्थनमा उम्मेदवार बन्नु भएको छ् ।

एमालेमा ओलीकै एकदम आफ्ना भनिने दर्जन बढी नेताले टिकट पाएका छैनन्,राप्रपासंग तालमेल हुँदा उहाँले पनि पाउनुभएन’–विश्वकर्माले भन्नु भयो–‘टिकट नपाउने वित्तिकै विपक्षीको उम्मेदवार बन्न जानु कुनैपनि अर्थमा राजनीतिक चरित्र हैन,पार्टीमाथि धोखा हो ।’

राष्ट्रिय राजनीतिमा स्वतन्त्र उम्मेदवारको कुनै भूमिका नहुने विश्वकर्माले बताउनु भयो । सत्ता सत्तागठबन्धनका कारण देशको राष्ट्रियता कमजोर बनेको भन्दै उहाँले राष्ट्रियता जोगाउन राप्रपा र जसपासँग तालमेल गर्नुपरेको बताउनु भयो ।

 

 

 

 

प्रतिक्रिया दिनुहोस्