प्रचण्ड भेट्न अमेरिकी राजदूत थम्पसन खुमलटारमा


काठमाडौं । 

नेपालका लागि अमेरिकी राजदूत डिनआर थम्पसनले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेटेका छन्।मंगलबार प्रचण्ड निवास पुगेर नवनियुक्त राजदूत थम्पसनले प्रचण्डलाई भेटेका हुन्। राजदूत थम्पसन र प्रचण्डबीच शिष्टाचार भेटवार्ता भएको प्रचण्डको सचिवालयले जानकारी दिएको छ।

भेटवार्तामा वर्षौदेखिको दुई देशको सम्बन्ध, नेपाली राजनीति, आर्थिक विकासका बारेमा छलफल भएको थियो। भेटमा अध्यक्ष प्रचण्डले नेपालको विकासमा अमेरिका र अमेरिकी जनताले गर्दै आएको सहयोग र खेलेको भूमिका सह्रानीय भएको बताएका थिए।

अध्यक्ष प्रचण्डले आफूहरु मुलुकको आर्थिक समृद्धिको अभियानमा रहेको बताउँदै यसमा अमेरिकाको सहयोग आवश्यक रहेको बताएका थिए। राजदूत थम्पसनले प्राकृतिक र सांस्कृतिक विविधताले भरिएको सुन्दर मुलुक नेपाल आउँदा खुसी लागेको बताए।