महिला पत्रकारको मृत्यु

0
Shares

एजेन्सी ।

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानको ह्यालीमा सहभागी हुने एक महिला पत्रकारको आइतबार मृत्यु भएको छ । उनको कन्टेनरमुनि कुचेर मृत्यु भएको पाकिस्तानी सञ्चारमाध्यमले जनाएका छन् ।

मृत्यु हुनेमा च्यानल ५ की पत्रकार सदफ नइम रहेको छ । सो दुःखद घटनापछि पाकिस्तान तेहरिक–ए–इन्साफ अध्यक्षसमेत रहेका खानले आफ्ना ह्याली स्थगित गरेका छन् ।

‘दुर्घटनाको कारण हामीले आजको ¥याली समाप्त गर्दैछौं । हामीले कार्यक्रम रोक्ने निर्णय गरेका छौं’ खानले भने । खानले मृतकका परिवारलाई समवेदना पठाउँदै मृत आत्माको चिरशान्तिको कामना गर्ने बताएका छन् ।