रूपन्देहीमा कारको ठक्करबाट तीन जनाको मृत्यु, चालक फरार

0
Shares

बुटवल ।

भैरहवाबाट परासी तर्फ जाँदै गरेको कारले स्थानीयलाई ठक्कर दिँदा एक शिशु सहित ३ जनाको मृत्यु भएको छ । रुपन्देहीको ओमसतिया-४ पननीमा बिहान ५ बजेर ४५ मिनेटमा भएको दुर्घटना अन्य २ जना घाइते भएका छन् ।

छठ घाट जाने क्रममा स्थानीयलाई भैरहवा तर्फबाट गएको गाडीले ठक्कर दिएको थियो, ठक्कर दिएपछि गाडीसहित फरार भएको चालक अझै पक्राउ हुन सकेको छैन । मृतक र घाइते एकै गाउँको रहेको रुपन्देही प्रहरीले जानकारी दिएको छ ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीका अनुसार मृतकहरू ओमसतिया –४ पननीकै वर्ष १४ की सीमा कुर्मी, वर्ष २८ की प्रमीला कुर्मी र ३५ दिनको एक शिशु रहेको छन् । त्यस्तै शिशुकी आमा २४ वर्षीय वन्दना कुर्मी र सोही ठाउँ बस्ने २६ वर्षीय मञ्जु कुर्मी घाइते भएका छन् । घाइतेको भैरहवा स्थित युनिभर्सल मेडिकल कलेजमा उपचार भइरहेको छ ।

ठक्कर पछि फरार भएको गाडी प्रहरीले विभिन्न कोणबाट अनुसन्धान गरिरहेको छ भने सडकमा भएका सिसिटिभीहरुकोबाट भिडियो क्लिपले चालकको गाडीको पहिचान भइरहेको छ । स्थानीयका अनुसार तीव्र गतिमा आएको कारले घटना गराएको हो , हामीले रोक्न खोज्दा पनि पूर्व तर्फ भागेको हो ।