बागबजारमा झ्यालबाट खसेर बालिकाको मृत्यु

0
Shares

काठमाडौं ।

 काठमाडौंको बागबजारमा घरको झ्यालबाट खसेर २ वर्षीया बालिकाको मृत्यु भएको छ। बागबजारस्थित नानीदेवी महर्जनको घरको पाँचौं तलाको झ्यालबाट खसेर दुई वर्षीया बालिकाको मृत्यु भएको हो ।

झ्यालबाट खसेर घाइते भएकी दुई वर्षीया रियासा महर्जनको उपचारका क्रममा ट्रमा सेन्टरमा मृत्यु भएको हो । उपचारका क्रममा सोमबार बिहान मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंले जानकारी दिएको छ।

घटनाका सन्दर्भमा प्रहरी बृत्त कमलपोखरीबाट थप अनुसन्धान भइरहेको प्रहरी परिसर काठमाडौंले जानकारी दिएको छ।