केपी ओली दुई तिहाई जनमत सम्हाल्न असफल : मन्त्री पौडेल

0
Shares

बागलुङ ।

शिक्षा विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले दुई तिहाई जनमत सम्हाल्न असफल भएको आरोप लगाउनुभएको छ । आइतबार बडिगाड गाउँपालिका वडा नम्बर ९ र १० मा साझा गठबन्धनको चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले केपी शर्मा ओलीले दुई तिहाईको जनमत सम्हाल्न असफल भएको आरोप लगाउनुभएको हो ।

“तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान मास्न खोज्नुभयो,” उहाँले भन्नुभयो, जनमतबाट प्राप्त भएको दुई तिहाईको सरकार सञ्चालन गर्न उहाँ असफल हुनभयो ।”

उहाँले लोकतन्त्र र परिर्वतनको पक्षमा उभिन्न आग्रह गर्दै गठबन्धनका साँझा उम्मेदवारलाई मतदान गर्न आग्रह गर्नुभयो । “अब बन्ने सरकारले संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्छ”, उहाँले भन्नुभयो, “राजनीतिक स्थायीत्वको लागि चुनाव पछि गठबन्धनको सरकार बन्छ ।” मन्त्री पौडेलले बाचुन्जेल बागलृङको विकासका लागि लागिपरिरहने विश्वास व्यक्त गर्नुभयो । बागलुङ जिल्ला सुरुङमार्गको युगमा प्रवेश गरेको बताउँदै अहिल नै सम्भाव्यता अध्ययनका लागि सरकारले बजेट छुट्याएको बताउनुभयो ।

आफू मन्त्री भएपछि जिल्लाका अधिकांश विद्यालयको भौतिक संरचना बनेको बताउँदै ५ वर्षको अवधिमा पूरा नभएका बाचाहरु अब पूरा गर्ने विश्वास व्यक्त गर्नुभयो । उहाले गलकोटमा बहुप्राविधिक शिक्षालय स्थापनाका लागि निर्णय भएको बताउँदै जग्गा प्राप्तिपछि १ अर्ब १५ करोडको भौतिक संरचना बन्ने बताउनुभयो ।

उहाँले संसारभरको निर्वाचन व्यवस्थालाई हेरेर नेपालमा मिश्रित निर्वाचन प्रणाली ल्याएको बताउनुभयो । “यो प्रणाली ल्याउन सात दशक सघर्ष गर्नुपर्यो”, उहाँले भन्नुभयो, “यो प्रणालीमा भएका कमी कमजोरीलाई सच्चाएर जनताको हितमा लाग्दै समाजवाद उन्मुख राज्य प्रणालीमा जान्छौं ।”

सरकारले ९६ प्रकारका नि:शुल्क औषधिसहित प्रत्येक स्थानीय तहमा पालिकास्तरीय अस्पताल बनाउने चरणमा रहेको बताउँदै १२ कक्षासम्म शिक्षा नि:शुल्क बनाउने आश्वास दिनुभयो ।

बागलुङ–२ प्रदेश क का बाम लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार जीतबहादुर शेरचनले बागलुङ दुईको विकाशका लागि साझा गठबन्धनका उम्मेदवार एक भएर लाग्ने बताउनुभयो ।

“स्थानीय तह, प्रदेश र केन्द्रमा गठबन्धनको सरकार हुन्छ,” उहाँले भन्नुभयो, “यहाँको विकाशका लागि हामी सहकार्य गरेर अघि बढ्छौं ।”