बेवारिसे बम विष्फोटनमा परी दुई बालिकाको मृत्यु, तीन घाइते

0
Shares

कालिकोट।

तिलागुफा नपा– १० रानावडामा बेवारिसे फालिएको बम शनिबार विहान खेलाउदा विष्फोट भई सोही ठाउँका तीन वर्षीया झरना थापाको घटना स्थलमै मृत्यु भएको छ भने पाँच वर्षीया सरस्वती रानाको उपचारकाक्रममा प्रदेश अस्पताल सुर्खेतमा मृत्यु भएको हो ।

बिष्फोटनमा परि आठ वर्षीय कमल थापा, तीन वर्षीया दर्शना राना र पाँच वर्षीय मुस्कान थापा गम्भीर घाईते भएको कालिकोटका प्रहरी प्रमुख डिएसपी जयश्वर रिमालले इन्सेक प्रतिनिधिलाई वताउनु भएको छ । उहाँका अनुसार घाईतेहरुलाई हेलिकप्टर मार्फत कर्णाली प्रदेश अस्पतालमा पुगाई उपचार भइरहेको छ ।

घर नजिकैको कोदोबारीमा बालवालिकाहरुले खेलिरहेको अवस्थामा विस्फोट भई दुइजनाको ज्यान जानुका साथै तीन जना गम्भीर घाइते भएका छन् ।
घाइते बालबालिकाहरुलाई कालिकोटमा उपचार सम्भव नभएपछि गृह मन्त्रालयको पहलमा हेलिकप्टर मार्फत सुर्खेत पठाईएको प्रमुख जिल्ला अधिकारि रामहरि र्शमाले बताउनु भयो ।

प्रहरीको अनुमान अनुसार पुरानो सकेट बम हुन सक्ने अनुमान गरिएको छ । अहिले प्रहरी निरिक्षक सुबराज बमको कमान्डमा २३ जना प्रहरी अनुसन्धानको लागि खटिएको प्रहरीले जनाएको छ ।

उनीहरु नजिकैको कालिका आधार भूत विद्यालयमा अध्यान गर्दै आएका थिए । घर परिवार सबै कार्तीकको चटारोले खेतबारिको काममा गएको बेला सबै जना जम्मा भएर घर नजिकै कोदोबारीमा खेल्ने क्रममा यस्तो भएको मृतक झरना थापाका पिता जयलाल थापाले बताउनु भएको छ । उनका अनुसार त्यो ठाउँ धेरै टाढा पनि छैन् नजिकै छ ।