काठमाडौंको एक रिसोर्टबाट १८ जना पक्राउ

0
Shares

काठमाडौं ।

काठमाडौंको एक रिसोर्टबाट १८ जनालाई प्रहरीले पक्राउ गरेको छ। नागार्जुन नगरपालिका-७ स्विजरल्यान्डपार्क नजिकै उदयराज पुरीले सञ्चालन गरेको दहचोक सिटी भ्यू रिसोर्ट प्रालिबाट १८ जनालाई प्रहरीले बिहिबार राति पक्राउ गरेको हो।

जुवा र कौडा खेलिरहेको आरोपमा उनीहरूलाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले जानकारी दिए।

उनीहरूबाट ३ लाख ८२ हजार ५९५ रुपैयाँ बरामद भएको छ। यस्तै १५ बुक तास र १६ थान कौडा पनि बरामद भएको प्रहरीले जनाएको छ।