शिक्षा ऐन जारी हुन्छ : डा.काेईराला

0
Shares

कावासाेती।
नेपाली कांग्रेसका बरिष्ठता नेता तथा पूर्वी नवलपरासी क्षेत्र नम्बर १ का संघीय उम्मेदवार डा.शशांक काेईरालाले प्रस्ताबित संघीय शिक्षा ऐन जारी गरि छाड्ने बताउनु भएकाे। डा.काेईरालाले साेमबार नेपाल शिक्षक संघ कावासाेती द्वारा दिपावलि,छठ, तथा नेपाल संम्वत लगायत चाडपर्वका अवसरमा आयाेजित शुभकामना एवं चियापान कार्यक्रममा साे कुरा बताउनु भएकाे हाे ।

कार्यक्रमका प्रमुख अतिथि डा.काेईरालाले आफू पनि २० वर्ष शिक्षण पेशामा लागेकाे बताउदै शिक्षकका हक हितका सवालमा पार्टी र सरकारलाई खवरदारी गरिरहने छु भन्नु भयाे ।

उहाँले चालीस वर्षसम्म हुन नसकेकाे नेपाली कांग्रेसकाे एक पहाडी जिल्लाकाे अधिबेशन केही दिनमै सकेर संगठनलाई चलायमान बनाएकाे अनुभव सुनाउदै जुन कार्य शिक्षक संघकै अहम भूमिकामा संम्भव भएकाे बताउनु भयाे ।

कार्यक्रममा कांग्रेस जिल्ला उपसभापति बालकृष्ण घिमिरेले शिक्षण सेवामा रहेकाे बर्गिकरणकाे चर्चा गर्दै सबै शिक्षकहरूका सेवा सुबिधामा राज्यले समान ब्यबहार गर्नुपर्ने बताउनु भयाे ।

उहाँले आशन्न निर्वाचनमा शिक्षकहरूले जुन सुकै भूमिकामा रहेर पनि लाेकतन्त्रकाे पक्षमा गठबन्धनका प्रस्तावित उम्मेदबारलाई जिताउन आग्रह गर्नु भयाे ।
यसै गरी नेपाल शिक्षक संघ नवलपुर जिल्ला अध्यक्ष चुडामणी कंडेलले शिक्षकहरूका बीचमा थुप्रै समस्याहरू रहेकाछन् भन्नू हुँदै ५ वर्षकाे कार्यकाल सकिनै लाग्दा पनि संघीय सरकारले शिक्षककाे एक थान शिक्षा ऐन जारी गर्न नसक्नु बिडम्बना हाे भन्नु भयाे ।

कार्यक्रममा गठबन्धनका प्रदेश (ख) उम्मेदवार लाेक प्रसाद भूर्तेल,कांग्रेस नगर सभापति शालिकराम ढकाल, शिक्षक संघका जिल्ला क्षेत्र तथा नगर समितिका पदाधिकारी लगायत उपस्थित शिक्षकहरूले शुभकामना दिनु भएकाे थियाे ।

संघ तथा प्रदेश समानुपातिक उम्मेदवार बिना कुमारी थनेत, एकनारायण अधिकारी समेतकाे उपस्थिती रहेकाे शुभकामना तथा चियापान कार्यक्रम शिक्षक संघ नगर अध्यक्ष फणिन्द्र पाैडेलकाे सभापतित्व तथा शिक्षक ऋषि तिवारीकाे संचालनमा सम्पन्न भएकाे थियाे ।