मतदान स्थल सुरक्षा अभ्यास

0
Shares

नवलपरासी ।

म्यादी प्रहरी माझ मतदानलगायत समग्र निर्वाचन स्थल सुरक्षा सम्बन्धि नमूना अभ्यास कावासोतीमा गरिएको छ । जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीले तालिमरत राष्टसेवक म्यादीलाई आफ्नै हाता भित्र सो अभ्यास शोमबार गराएको हो ।

जिल्ला प्रहरीले म्यादी प्रहरी तालिम पाठ्यक्रम अनुसार मतदान स्थल सुरक्षामा खटिदा कसरी सुरक्षा गर्ने भनि अभ्यासमा देखाइएको सूचना अधिकारी सन्तोष पाठकले बताउनुभयो ।

निर्वाचन सुरक्षा बिशेष योजना लागू भई सकेको पूर्वी नवलपरासीमा १ सय १३ मतदान स्थल रहेको र ति मध्ये ६३ सामान्य, ३७ संवेदनशील तथा १३ अति संम्बेदनशील मानिएकाछन् । नि।आयोगको तथ्यांक अनुसार जिल्लामा २ लाख ६० हजार ४ सय ६१ मतदाता रहेका छन् ।