काठमाडौंको तारकेश्वरमा आगलागी

0
Shares

काठमाडौं।

काठमाडौंको तारकेश्वरमा सोमबार साँझ आगलागी भएको छ।

तारकेश्वर नगरपालिकाको लोलाङ हाइट, रहेको एक जुत्ता कारखानामा आगो लागेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए।

उनका अनुसार कारखानासँगै जोडिएका केही सटरहरूमा पनि आगलागी भएको छ। आगलागी सोमबार साँझ ६ः५० बजेतिर भएको हो।

अहिले आगो निभाउने प्रयास भइरहेको छ।