नक्कली नोटसहित ५ जना पक्राउ

0
Shares

काठमाडौं । नक्कली नोटसहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ । आज (आइतबार) नेपाल प्रहरी प्रधान कार्यालय प्रहरी महानिरीक्षकको सचिवालयले दिएको जानकारीअनुसार काठमाडौंका छुट्टाछुट्टै स्थानबाट उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो ।

गोकर्णेश्वर नगरपालिका–५ जोरपाटी ओरालोबाट उनीहरूलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । १ हजार दरको ११ थान नक्कली नोटसहित गोकर्णेश्वर नगरपालिका–८ बेशीगाउँ बस्ने ३१ वर्षीया दुर्गा महर्जनलगायत ५ जनालाई हिजो (शनिबार) राति प्रहरीले पक्राउ गरेको छ ।

उक्त स्थानमा नक्कली नोट कारोबार भईरहेको भन्ने सूचनाको आधारमा प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनीहरूको साथबाट उक्त नक्कली नोट बरामद गरको हो ।

साथै उनीहरूको साथबाट १ हजार दरको ३६ थान र ५ सय दरको ९७ थानसमेत गरी जम्मा ८४ हजार ५ सय रुपियाँ नक्कली नोटसमेत प्रहरीले बरामद गरेको छ ।