रेमिट्यान्स व्यवस्थापन र सदुपयोगका लागि वित्तीय साक्षरता कक्षा



खोटाङ । खोटाङमा रेमिट्यान्स व्यवस्थापन र सदुपयोग सम्बन्धी वित्तीय साक्षरता कक्षा संञ्चालन गरिएको छ । रेमिट्यान्सको सदुपयोग, व्यवस्थापन गर्दै उद्यमशिलता विकास तथा आय आर्जनमा वृद्धि गर्ने लक्ष्यले जिल्लाको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपा र वडा नम्बर १३ नुनथलामा वित्तीय साक्षरता कक्षा सञ्चालन गरिएको हो ।

वैदेशिक रोजगारीमा संलग्न व्यक्तीका परिवार, विशेष गरेर महिला सदस्यहरुका लागि सुरक्षित आप्रवासन परियोजना (सामी)ले साक्षरता कक्षाको आयोजना गरेको हो । २० देखि २५ जनाको समुह बनाएर बुधबमरदेखि लगातार २१ हप्तासम्म कक्षा संचालन गरिने सामी परियोजनाका कार्यक्रम संयोजक ओजोनबाबु आचार्यले जनाउनुभयो ।

बित्तीय साक्षरता कक्षामा वैदेशिक रोजगारको कारणले परिवार तथा व्यक्तिहरुमा हुने पिर, चिन्ता, हिंसा लगायतका मनोसामाजिक समस्यामा परामर्श समेत दिईने संयोजक आचार्यको भनाइ छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकासहित, हलेसी तुवाचुङ नगरपालिका, केपिलासगढी गाउँपालिका र खोटेहाङ गाउँपालिकाले सामी कार्यक्रम संचालन गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्