लिंक इन्टरनेशनलको ठगी धन्दा जारी : युरोपपछि जापानका नाममा ठग्ने सुरसार

0
Shares

काठमाडौ. । बसुन्धारास्थित लिंक इन्टरनेशन प्लेसमेन्ट कम्पनीका सञ्चालक कमल काफ्लेको यूरोप पठाउने नाममा उठाएको रकम फिर्ता गर्नुपर्ने अवस्था निम्तिएपछि उनले जापानमा कामदार पठाउने नाममा ठगी गर्ने योजना बनाएका छन् । उनले जापानका लागि नेपाली श्रमिक पठाउने भन्दै १६ महिनाअघि लिएको भनिएको पूर्व स्वीकृती विज्ञापन शुक्रबारको एक दैनिक पत्रिकामा प्रकाशित गराएका छन् । आफ्नो कार्यालयमा पनि उक्त विज्ञापन टाँस गरेका छन् ।

जापानको सोशीयल वेलफर कर्पोरेशनुमा ३ जना कामदार पठाउनका लागि रोजगारीको अवसर भन्दै गरीएको पुनः विज्ञापनमा मासिक न्यूनतम पारिश्रमिक एक लाख तीस हजारभन्दा बढी हुने देखाइएको छ । जापान, अमेरिका, यूरोपमा छिर्न मात्रै लाखौं खर्चन तयार हुने नेपाली युवा रोजगार भिषामा जापान नजाने कुरै हुन्न । तर पनि २०७८ असार १० गते लिइएको भनिएको पूर्व स्वीकृतिमा आजका दिनसम्म इच्छुक व्यक्ति कामका लागि जापान नजाने भन्ने नै हुन्न । तैपनि लिंक इन्टरनेशनलका तर्फबाट १६ महिनाअघि लिइएको भनिएको पूर्व स्वीकृतीको पूर्नविज्ञापन प्रकाशित गर्नुले मेनपावर सञ्चालकको नियतमाथि प्रश्न उठाएको छ । उक्त विज्ञापनको चलानी नम्बर ६०१५९१२८, लट नम्बर २४११७३ प्रकाशित विज्ञापनमा उल्लेख छ । उक्त विज्ञापन सक्कली, नक्कलीबारे बुझ्नुपर्ने भन्दै युवाले वैदेशिक रोजगार विभागमा सम्पर्क गर्ने बताएका छन् ।

यहीबीच, लिंक इन्टरनेशनल सम्वद्ध स्रोतका अनुसार यसअघि पोर्चुगल पठाउने भनेर थुप्रै युवाबाट राहदानी र एडभान्स वापत रकम असुल गरिएको अवस्थामा मेनपावरले कामदार पठाउने विश्वास दिलाउन नसक्दा प्रायःजसोको राहदानी र रकम फिर्ता गर्नु परेको छ । पोर्चुगल जाने इच्छा पालेर राहदानी र रकम बुझाएका थुपै्र युवाहरुले दशैंकै मुखमा अब नजाने भन्दै आफ्नो राहदानी र बुझाएको रकम फिर्ता माग्न थापछि मेनपावर सञ्चालक काफ्लेले पोर्चुगल जान इच्छुकबाट उठाएको रकम फिर्ता गर्न जापानका नाममा ठगी गर्ने योजना बनाएको हुन सक्ने बुझिएको छ ।

यसअघि, आफ्ना व्यवसायीक साझेदार समेत रहेका जिनुयस एजुकेशनल कन्सल्टेन्सीका सञ्चालक सुजन भट्टराईसँग मिलेर पोर्चुगल पठाउने नाममा कयौं व्यक्तिबाट उनीहरुले रकम संकलन गरेका थिए । आफू ुअनसिनुमा रहेर काफ्लेले सुजन भट्टराईलाई मात्र अघि सारेका कारण हाल उनी ठगी प्रकरणमा हिराशतमा छन् । सयभन्दा बढी युवाले दिएको उजुरीका अधारमा भट्टराई पक्राउ परेका हुन् । तर, मेनपावर सञ्चालक नै भएकाले काफ्ले भने राहदानी र रकम फिर्ता गरेकै भरमा जोगिएका छन् । नियमत उनले पनि पोर्चुगलका लागि रोजगारीमा पठाउने वैदेशिक रोजगार विभागको बिना पूर्व स्वीकृती रकम असुल र राहदानी लिन मिल्दैन । पिडीतले दिएको जानकारी अनुसार प्रति व्यक्ति राहदानीसँग काफ्लेले तीन लाख पनि असुलेका थिए । यस विषयमा वैदेशिक रोजगार विभागमा समेत पिडीतहरुको गुनासो पुगेको बताइन्छ ।

यता, १६ महिना अघिको पूर्व स्वीकृती देखाएर लिंक इन्टरनेशनलका सञ्चालक काफ्लेले पुनः रकम ठगी गर्न खोजेको आशंका युवाहरुले गरेका छन् । उनले झण्डै दुई वर्षदेखि यूरोपको पोर्चुगलका नाममा थुप्रै युवाको रकम र राहदानी लिएर ुपोर्चुगलको दिल्लीस्थित एम्वेसी नखुलेकोु भन्दै युवाहरुलाई टार्दै आएका थिए । तर, पछिल्लो समय एम्वेसी खोलीसकेको अवस्थामा राहदानी बुझाएकाहरुलाई विश्वास दिलाउने कुनै आधार नभएपछि रकम फिर्ता गर्न थालेको बताइन्छ । सयौं युवाबाट एडभान्स वापत असुलेको रकम काफ्लेले जग्गामा लगानी गरेको र हाल जग्गामा मन्दी आएपछि रकम फिर्ता माग्नेहरुको रकम फिर्ता गर्न समस्या परेको हो ।

स्मरणीय छ, लिंक इन्टरनेशनलका सञ्चालक काफ्लेले सरकारले निस्शुल्क वा न्यूनतम शुल्क तोकेको खाडीका देशमा श्रमिक पठाउँदा अढाई लाखसम्म र मलेसियामा डेढ लाखसम्म असुलेको विषयमा वैदेशिक रोजगार विभागले गोप्य अनुसन्धान गरिरहेको छ भने मेनपावर पिडीत युवाहरुलाई उजुरी गर्न पनि आह्वान गरेको बुझिएको छ ।