आयोगले समानुपातिकका ६४९३ जना उम्मेदवारको नाम सार्वजनिक गर्दै



काठमाडौं । निर्वाचन आयोगलमा ४८ दलले प्रतिनिधिसभा र प्रदेशसभामा गरी समानुपातिकतर्फ ६४९३ जना उम्मेदवारको नाम बन्दसूचीमा पठाएको आज साँझसम्म सार्वजनिक गर्ने भएको छ ।
प्रतिनिधिसभाका ११० सिटका लागि ४८ दलका २४३६ जनाको नाम समानुपातिक बन्दसूचीमा समावेश छन् ।
यस्तै सातवटै प्रदेशका २२० सिटका लागि विभिन्न ४०५७ जना उम्मेदवार समानुपातिक बन्दसूचीमा छन् । जसमध्ये प्रदेश १ मा ३६ दलका ६६१ जना, मधेस प्रदेशमा ३६ दलका ९४८, बागमती प्रदेशमा ४१ दलका ८२५, गण्डकीमा ३१ दलका ३६८, लुम्बिनीमा ३२ दलका ६५७, कर्णालीमा २८ दलका २२२ र सुदूरपश्चिममा ३४ दलका ३७६ जना उम्मेदवारको नाम बन्दसूचीमा छ ।

 

प्रतिक्रिया दिनुहोस्