कांग्रेसबाट शेरबहादुरसहित यी नेताले टिकट पाए


काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसको संसदीय बोर्डले मध्यरातमा पार्टी सभापति शेरबहादुर देउवासहितका केही नेताको उम्मेदवारी टुंगो लगाएको छ ।
बैठकले सभापति शेरबहादुर देउवालाई डडेलधुराबाट उम्मेदवार बनाउने निर्णय गरेको छ
त्यस्तै दार्चुलाबाट दिलेन्द्रप्रसाद बडु, बाजुरामा बद्रीप्रसाद पाण्डे, अछामबाट पुष्प शाह, मुगुबाट ऐनबहादुर शाही, मनाङमा टेकबहादुर गुरुङ, तेह्रथुमबाट सीता गुरुङको उम्मेदवारी टुंगो लगाएको हो ।