प्रचण्डको निर्वाचन क्षेत्र परिवर्तन, अब गोरखाबाट चुनाव लड्ने


काठमाडौं । नेकपा माओवादी केन्द्रले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निर्वाचन क्षेत्र परिवर्तन गर्ने निर्णय गरेको छ । पार्टीको पदाधिकारी बैठकले
अध्यक्ष प्रचण्डलाई गोरखा क्षेत्र नम्बर २ मा उम्मेदवार बनाउने निर्णय गरेको छ । उनी यसअघि चितवन ३ बाट विजयी भएका थिए ।