सिट बाँडफाँडका लागि गठबन्धन दलहरुको निर्णायक बैठक बस्दै

0
Shares

काठमाडौं । आगामी मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि सिट बाँडफाँड गर्न सत्ता गठबन्धन दलहरुको बैठक बस्ने भएको छ । हिजो (सोमबार) बसेको बैठक निष्कर्षविहीन बनेपछि आज (मंगलबार) पुनः बस्ने भएको हो ।

बैठक बस्नुअघि आन्तरिक छलफल गरेर ११ बजे पाँच दलका शीर्ष नेताहरू बैठक बस्ने छन् । हिजो साँझसम्म सिट बाँडफाँटकै लागि बसेको बैठकले ठोष प्रगति लिन नसकेको गठबन्धन दलका नेताले बताए ।

सिट बाँडफाँटका लागि सत्तारूढ पाँच दलीय गठबन्धनले ११ सदस्यीय कार्यदल गठन गरेको झन्डै दुई महिना पुग्न केही दिन बाँकी छ ।

उक्त कार्य दलले सिट बाँडफाँटको टुंगो दुई महिनाभित्रै लगाउने भने पनि अझै टुंग्याउन सकेको छैन ।