नगरपालिको खसी कारगारलाई

0
Shares

लमजुङ।
लमजुङ सदरमुकाम बेंसीशहरकोे कारागारमा रहेका कैदीबन्दीलाई दसैँ मनाउनको लागि बेंसीशहर नगरपालिकाले खसी सहयोग गरेको छ ।
शनिबार कारागारमै पुगी बेसीशहर नगरपालिका प्रमुख गुमन सिंह अर्यालले नगद १० हजार पाँच सय सहित एउटा खसी कारागार प्रमुख तारा बहादुर तामाङ र चौकीदार सुभास रानाभाटलाई हस्तान्तरण गर्नुभएको हो ।

नगरपालिकाले कैदीबन्दीका लागि ३२ किलो खसी र तेल मसाला किन्नका लागि नगद उपलब्ध गराएको हो ।

कारगारमा रहेका कैदीबन्दीलाई चाडपर्वको बेलामा कारगारमा रहेर पनि उल्लासको साथ दशै मानउन भन्ने उद्धेश्यले नगरपालिकाको तर्फबाट सम्मान स्वरुप खसी र नगद उपलब्ध गराएको नगर प्रमुख अर्यालले बताउनु भयो ।

कारगारमा हाल एक सय दुइ जना कैदीबन्दी रहेको कारगार प्रमुख तारा बहादुर तामाङले जानकारी दिनुभयो ।

सहयोग हस्तान्तरण कार्यक्रममा बेसीशहर नगरपालिका २ का वडा अध्यक्ष मदन राना, उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष राम कुमार श्रेष्ठ, नेपाल पत्रकार महासंघका अध्यक्ष अनुज अधिकारी लगायतको उपस्थित रहेको थियो ।