उद्यमको उद्यमशीलतामा सदस्यको आर्कषण

0
Shares

काभ्रे।

उद्यम विकास बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १५ औ सभा पनौतीमा नेफ्सकुनका महासचिव दामोदर अधिकारीको प्रमुख आतिथ्यता तथा रोशनकुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको छ । २०६४ साल माघ ६ गते ३० जना सदस्यहरुले ५-५ हजार रुपियाँ संकलन गरी शुरु भएको सहकारीले आर्थिक वर्षको अन्त्यमा ५३ लाख ४७ हजार ७७ हजार ३ सय ५२ रुपियाँ सम्पति पु¥याएको छ । सहकारीले प्रदान गरेको ऋण मार्फत शेयर सदस्यहरुले उद्यम गरिरहेका छन् । उत्पादित सामान साधारण सभामा स्टल राखिएको थियो ।

४ हजार २ सय ५५ सदस्यबाट ४ करोड २२ लाख ७७ हजार २ सय शेयर पुँजी संकलन गरेको सहकारीले ४४ करोड ३२ लाख ५१ हजार बचत संकलन गरी ४४ करोड ७९ लाख ३० हजार ऋण लगानी गरेको छ ।

उपाध्यक्ष सनिलसुन्दर सैजु, सचिव ऋषिराम सापकोटा, कोषाध्यक्ष विमल कार्की, लेखा समिति संयोजक सकुहल बस्नेतले संस्थाका बार्षिक, आर्थिक, लेखा परिक्षणको प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथी नेफ्सकुनका महासचिव दामोदर अधिकारीले सहकारीहरु ऐन, नियम र कानुन अनुसार संचालन हुनु पर्ने बताउनु भयो ।

कार्यक्रममा प्रोफ्स्कुनका अध्यक्ष उद्धव सापकोटा, सामुदायिक साकोसका अध्यक्ष प्रकाश बञ्जारा, ज्योति साकोसका पूर्णराम तुलाधर, काभ्रेपलाञ्चोक बचत तथा ऋण सहकारीका सचिव विकास बादे लगायतले मन्तब्य राखेका थिए ।

सहकारीले १९ जनालाई संस्थाको शिक्षाबृत्ति नीति अनुसार विद्यार्थीहरुलाई प्रति विद्यार्थी चार हजारका दरले नगद र स्टेशनरी उपलब्ध गराएको छ भने एसईईमा उत्कृष्ट हुने शेयर सदस्यका छोराछोरीहरु चार जनालाई नगद ४ हजार सहित प्रोत्साहन रकम वितरण गरेको छ ।

त्यस्तै उत्कृष्ट ऋणी, बचतकर्ता र शेयर सदस्यलाई पनि सम्मान गरिएको थियो । सामाजिक उत्तरदायित्व अन्र्तगत विभिन्न कार्यक्रम गरिरहेको सहकारीले रक्तदान कार्यक्रम, संस्था स्थाना दिवस, सहकारी शिविर र प्रशिक्षण लगायतका कार्यक्रम आयोजना गरेको थियो । सभामा महिला समितिको प्रतिवेदन सयोजक सविता थापा, उद्यम प्रर्वद्धन सनतप्रसाद सापकोटा, स्वास्थ्य उप समितिको शुशिला सुवाल, लघुवित्त उप समितिको सुजन श्रेष्ठ लगायतले प्रतिवेदन प्रस्तुत गरेका थिए ।

पनौतीमा रहेको एकीकृत बचत तथा ऋण सहकारीको साधारण सभा पनौती नगरपालिकाका प्रमुख रामशरण भण्डारीको प्रमुख आतिथ्यता तथा अध्यक्ष काजिबहादुर खत्रीको अध्यक्षतामा सम्पन्न भएको छ । उपाध्यक्ष चण्डेश्वरी मुनाकर्मी, सचिव भरत राउल, कोषाध्यक्ष बसुन्धरा आचार्य, लेखा समिति संयोजक बालकृष्ण प्रजापतिल संस्थाको बार्षिक, आर्थिक र लेखा प्रतिवेदन प्रस्तुत गरेका थिए ।

सहकारीले स्थानीय सरकारसँगको समन्वयमा आर्थिक समृद्धीका लागि कार्य गर्नु पर्ने नगर प्रमुख भण्डारीले बताउनु भयो । २ करोड २४ लाख ८२ हजार शेयर पुँजी, १७ करोड ४२ लाख ८० हजार ८ सय बचत संकलन गरी १६ करोड ६६ लाख ८३ हजार ऋण लगानी गरेको छ । कुल सम्पति २१ करोड ४३ लाख ४५ हजार पुगेको छ । सहकारीले विभिन्न क्षेत्रका उत्कृष्टलाई सम्मान गरेको थियो ।

बनेपामा रहेको हिमाल बचत तथा ऋण सहकारीको १५ औ बार्षिक साधारण सभा सम्पन्न भएको छ । बार्षिक प्रतिवेदन, आर्थिक प्रतिवेदन र लेखा परिक्षण प्रतिवेदन प्रस्तुत गरिएको सचिव हुद्दराज तिमल्सिनाले जानकारी दिनुभयो । घटस्थापनाको दिन विन्धबासिनी सहकारीको अन्तिम दिनको साधारण सभा सम्पन्न गरी नयाँ नेतृत्व चयन गरेको छ ।