आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

0
Shares

मोरङ । बुढीगंगा गाउँपालिका–३ स्थित माहालक्ष्मी कार्टुन फ्याक्ट्रीको गोदाममा करेन्ट सर्ट भई शुक्रबार साँझ आगलागी हुँदा गोदाम, कार्टुनलगायतका सामान जलेर करिब १० लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

प्रहरी, स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।