कांग्रेस र एकीकृत समाजवादीबाट २७ जना नेता, कार्यकर्ता एमालेमा प्रवेश

0
Shares

काठमाडौं । नेपाली कांग्रेस र नेकपा (एकीकृत समाजवादी)बाट २७ जना नेता तथा कार्यकर्ता नेकपा (एमाले)मा प्रवेश गरेका छन् ।

आज (मंगलबार) काठमाडौंको बुढानिलकण्ठमा नेपाल खेलकुद महासंघले आयोजना गरेको कार्यक्रममा उनीहरुले पार्टी प्रवेश गरेका हुन् । एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले विभिन्न पार्टी परित्याग गरेका २७ जना युवा नेता तथा कार्यकर्ताहरुलाई एमालेलाई प्रवेश गराएका छन् ।

पार्टी प्रवेश गर्नेमा बुढानिलकण्ठ नगरपालिका वडा नम्बर ३, ४ र ५ का नेता तथा कार्यकर्ता रहेका छन् । उनीहरु कांग्रेस र एकीकृत समाजवादी छाडेर एमाले प्रवेश गरेका हुन् ।

नवप्रवेशीहरुलाई पार्टीमा स्वागत गर्दै पोखरेलले युवाहरुलाई एमालेमा सधैँ प्राथमिकता दिइएको बताए । युवाहरुलाई साथमा लिएर ‘सुखी नेपाली समृद्ध नेपाल’को राष्ट्रिय आकांक्षा पूरा गर्न चाहेको उनको भनाइ थियो ।

एमाले वरिष्ठ उपाध्यक्ष पोखरेल आजै बुढानिलकण्ठ नगरपालिका–७ मा मतदाता र अगुवा कार्यकर्ताहरुले आयोजना गरेको छलफलमा पनि सहभागी भएका थिए ।