दैलेखी सञ्चारमा एक इट्टा रेडियो मातृभूमि एफ. एम.

0
Shares

दैलेख ।

देशभर ८औँ संविधान दिवस मनाइरहदा दैलेखमा भने छुट्टै माहोल थियो । विभिन्न कार्यालयका प्रमुख एवं प्रतिनिधिहरु, स्थानीय व्यापारिहरु, सरोकारवालाहरु र सञ्चारकर्मीहरु रेडियो मातृभूमिको समुद्धघाटनको औपचारिक कार्यक्रमको पर्खाइमा थिए । जिल्ला समन्वय समिति दैलेखको ठुलो सभाहलमा मानिसहरुको घुँइचो थियो ।

दैलेखी सञ्चारमा सबैभन्दा पहिले समुदाय स्तरबाट सञ्चालित पहिलो रेडियो पञ्चकोशी सामुदायिक एफएमको उद्धघाटनको समय भन्दा भिन्न जोश जाँगर का साथ मातृभूमि एफएमको समुद्धघाटन गरिएको छ । उक्त पञ्चकोशि एफ एम सँगै रेडियो धु्रवतारा एफ एम, रेडियो दुल्लु एफ एम, रेडियो ज्वाला एफ एम र समावेसी एफएम पश्चाता छैटोै रेडियोको रुपमा मातृभूमि एफको स्थापना जिल्लाकै एतिहासिक रहेको छ ।

यतिवेला जिल्लामा सबैभन्दा पहिले स्थापना भएको पञ्चकोशी सामुदायिक एफ एम र रेडियो दुल्लु एफ एम बन्द भइसकेका छन भने अन्य ३ वटा रेडियोहरु यतिवेला जसोतसो सञ्चालनमा रहेको समयमा छैटौ रेडियोको रुपमा मातृभूमि एफ एमको उद्धघाटन गरिएको हो । रेडियो धु्रवतारा एफ एम, रेडियो ज्वाला एफ एम र समुद्धघाटन गरिएको मातृभूमि एफएम जिल्ला सदरमुकाममा सञ्चिालित छन भने समावेसी एफ एम जिल्लाको पश्चिमम रहेको चामुण्डाबिन्द्रासैनी नगरपालिकामा सञ्चालित छ ।

गत श्रावण १५ गते देखि परीक्षण प्रशारणमा रहेको रेडियो मातृभूमि दैलेखी सञ्चारमा एक इट्टाको रुपमा रहेको तर्क उद्धघाटन सर्तमा रेडियोलाई शुभकामना दिने क्रममा सहभागिहरुले बताएका छन् । रेडियोलाई शुभकामना दिदैँ समुद्धघाटन कार्यक्रमका प्रमुख अतिथि जिल्ला न्यायधिस बलराम लम्सालले रवि र कवि पुग्न नसक्ने ठाँउमा रेडियोको आवाज पुग्न सक्ने भन्दै कानुनको परिधिमा रहेर सुचना सन्देसका साथै सचेतना र मनोरञ्जनको क्षेत्रमा काम गर्न सक्नुपर्ने जोड दिनुभयो ।

रेडियो मातृभूमिको उद्धघाटन कार्यक्रमको अवसरमा बोल्दै रेडियोका प्रवन्धक भीम सिजापतिले सञ्चारको क्षेत्रमा केही सञ्चारकर्मीहरु सञ्चारकर्मी र सञ्चारक्षेत्रबाटै अपहेलनामा परेको प्रति इगिंत गर्दै त्यसको चिरफारको लागि समेत रेडियो आवश्यकता महशुस गर्दै सिमित स्रोत साधनबाट रेडियोको स्थापना गरिएको बताउनुभयो । उहाँले अन्य रेडियोहरु भन्दा पृथक र फरक कार्यक्रमका साथै विसुद्ध सत्यतथ्य समाचार जसबाट ग्रामिणक्षेत्र तथा पिछडिएका र आवाजविहिनहरुको आवाजको रुपमा प्रशारण गरिने सामाग्रीहरु रहने बताउनुभयो ।

रेडियो मातृभूमि एफएम ९६.५ मेगाहर्जमा सिधै रेडियो तथा मोवाइलमा सुन्न सकिनुका साथै अन्लाइनमा www.mccnepal.com.np एवं हाम्रो पात्रोमा समेत सुन्न सकिने बताइएको छ ।