तुलसीपुरमा ‘अप्टिमिस्ट क्लब’

0
Shares

तुलसीपुर।

दाङको तुलसीपुरमा ‘अप्टिमिस्ट’ क्लब सञ्चालनमा आएको छ । शिक्षा क्षेत्रमा सक्रिय व्यक्ति मानबहादुर बस्नेतको अध्यक्षतामा सञ्चालनमा आएको क्लबले आफ्ना गतिबिधि अगाडी बढाएको छ । क्लबको आइतबार पहिलो बैठक बसेको छ । बैठकले कार्य समितिलाई पूर्णता दिएको छ । अध्यक्षमा बस्नेतसहित उपाध्यक्षमा कमल साप्कोटा, सचिवमा एकराज भण्डारी, कोषाध्यक्षमा विष्णु योगी रहेका छन् ।

त्यस्तै पार्लियामेन्टरीयनमा नेत्रलाल भट्टराई नारायण, पर्यवेक्षक एवं मूल्यांकन सभापतिमा टिम अधिकारी, जनसम्पर्क अधिृकतमा डीआर भण्डारी, कानुनी सल्लाहकारमा निरञ्जन पाण्डे, प्रबक्तामा दीपक बोहरा, डाईरेक्टरमा घनश्याम डाँगी, डम्बर डाँगी र नोबेल डीसी रहेका छन् ।

त्यस्तै विजनेश कोर्डिनेटरमा मानबहादुर वली, वेल विइङ इनिटेटिन कोर्डिनेटरमा माधव न्यौपाने, एपोर्टस् लिग कोर्डिनेटरमा ढुण्डीराज वली, युथ मोटिभेटरमा शरण कुमार जीएम, चिल्ड वेल फियर कोर्डिनेटरमा मेघराज पोख्रेल, मिट एण्ड ग्रेट कोर्डिनेटरमा नवराज भण्डारी, वरटेरिकल कोर्डिनेटरमा कमल प्रसाद शर्मा रहेका छन् । त्यस्तै सल्लाहकारहरुमा मेघराज घिमिरे, झरेन्द्र खरेल, गिरीराज डाँगी, सूर्यप्रसाद शर्मा, विष्णु प्रसाद देवकोटा, गिरीराज डाँगी रहेका छन् ।

मानिसमा सकारात्मक सोँचको विकास गरि आसावादी जीवन दर्शन प्रबद्र्धन गर्ने क्लबको उद्देश्य रहेको अध्यक्ष बस्नेतले बताए । मानिश ब्यक्तीबादी र तनाबपूर्ण जीवन बाचिरहेको भन्दै त्यस्ता ब्यक्तीहरुलाई सकारातमक र आशावादी बनाउन क्लबले भूमिका खेल्ने बताउनुभयो । साथै समाजकालागि जहाँ जे आबश्यक पर्छ, त्यहाँ अप्टिमिस्ट हाँजिर हुने समेत बताए ।

खासगरि बालबालिका तथा किशोर किशोरीहरुमा सकारात्मक भावना तथा आशावादी जीवन दर्शनको प्रबर्दन गर्ने उद्देश्य समेत रहेको छ । उक्त क्लबको विश्वका करिब ३० वटा भन्दा बढि देशमा शाखाहरु रहेका छन् । नेपालमा २०१७ सालमा सञ्चालनमा आएको हो । हाल नेपालमा ४१ वटा क्लबहरु र ४ वटा जुनियर अप्टिमिस्टिक क्लब रहेका छन् । नयाँ क्लबहरु पनि खुल्ने क्रम जारी रहेको रहेको अध्यक्ष बस्नेतले जानकारी गराए । बैठकको सहजीकरण सचिब एकराज भण्डारीले गरेका थिए ।