दुर्गममा कार्यरत प्रहरीलाई विभूषण


काठमाडौं ।

संविधान दिवसको अवसरमा विभूषण प्राप्त गर्ने सशस्त्र प्रहरीका अधिकांश कर्मचारी दुर्गममा कार्यरत रहेका छन् । विभूषण सिफारिसका लागि यस पटक मुख्यालयले १५ सदस्यीय समिती गठन गरेको थियो ।

समितिले संगठनमा उत्कृष्ट कार्य गर्ने कर्मचारी र विशेष गरि दुर्गममा लामो समय कार्यरत र उद्दार लगायतका कार्यमा उत्कृष्ट काम गर्ने कर्मचारीको नाम छनौट गरेको थियो । सोही अनुसार जुम्ला , डोल्पा , छाङ्रु , मुगु, ओलाङ्चुङगोला , किमाथांका लगायतका दुर्गम जिल्लामा लामो समय कार्यरत बिल्लादार , जवान तथा परिचरहरुको छनौट भए अनुसार उनिहरु विभुषित भएका छन् ।

जसमा सशस्त्र प्रहरी हवल्दार जनक सिंह धामी छाङ्रु , परिचरहरु सेबकराम मौर्य डोल्पा , भुबनेश्वर मण्डल जुम्ला लगायतका छन् । यस्तै अन्य दर्जाको समेत समितिले छनौट गरे अनुसार नै मुख्यालयले नाम सिफारिस गरेको थियो ।