मृगौला बिरामीलाई रोटरीले ग¥यो खाद्यान्न सहयोग

0
Shares

बुटवल ।

रोटरी क्लव अफ बुटवलले मृगौला बिरामीका लागि खाद्यान्न सामग्री प्रदान गरेको छ । मृगौला तथा मुटु पीडित सरोकार समाज नेपाल मार्फत क्लवले सोमबार ५५ हजार रुपियाँ बराबरको खाद्यान्न सामग्री प्रदान गरेको हो ।

यसका लागि हाल अमेरिकामा रहनुभएका बाल मुटुरोग विशेषज्ञ डा. अमिर डंगोल र नर्स चिकित्सक सनिता पिया डंगोलले सहयोग गरेका थिए । त्यसैगरी पशुपति प्रिन्टिङ प्रेस चितवनका गोपाल गैरे तथा रोटरीयन माधवप्रसाद पौडेलले पनि खाद्यान्न सामग्री वितरणमा सहयोग पु¥याएका थिए । विभिन्न जिल्लाबाट मृगौलापीडित बिरामीहरु हप्तामा तीनपटक डाइलासिस गराउनका लागि बुटवल आउनुपर्ने र उनीहरु होटलमा बस्दा ठूलो खर्च बहन गर्नुपर्ने अवस्थालाई मध्यनजर गर्दै क्लवले राहत स्वरुप खाद्य सामग्री प्रदान गरेको हो ।
मृगौलापीडित र त्यसमा पनि विपन्न परिवारलाई लक्षित गरी राहत स्वरुप खाद्यान्न वितरण गरिएको क्लवका अध्यक्ष बोनिन पियाले जानकारी दिनु भयो ।

सामाग्री हस्तान्तरण गर्दै उहाँले शिक्षा र स्वास्थ्यको क्षेत्रमा क्लवले स्वार्थभन्दा माथि उठेर सेवा गर्दै आएको भन्दै मृगौला बिरामीको आर्थिक समस्यालाई मध्यनजर गर्दै गौतमबुद्ध सामुदायिक मुटु अस्पतालमा डाइलासिस गराइरहेका बिरामीका लागि राहत सामग्री प्रदान गर्न पाउँदा गौरवको अनुभूति भएको बताउनु भयो ।

क्लवका पुर्व अध्यक्ष कृष्णप्रसाद अर्यालले क्लव सधै मानवीय सेवामा समर्पित रहँदै आएको भन्दै उपचार गराइरहेका मृगौला बिरामीलाई गरिने सानो सहयोग उनीहरुका लागि निकै महत्वपूर्ण रहने बताए । मृगौला तथा मुटु पीडित सरोकार समाज नेपालका अध्यक्ष रमेश केसीले मृगौलाको समस्याका कारण आफूले परिवार गुमाएको स्मरण गर्दै मृगौला फेल हुँदाको पीडा आफूले नजीकबाट हेर्ने र बुझ्ने मौका पाएकाले अरुको समस्यामा मलमपट्टी लगाउनका लागि आफूले समाज स्थापना गरेको बताउनु भयो । यही समाजले साझा होटल सञ्चालनमा ल्याएको र मृगौला बिरामीका लागि सहुलियतमा खाजा र खानाको समेत व्यवस्थापन गर्दै आएको जानकारीदिनु भयो ।

कार्यक्रममा रोटरी क्लव अफ बुटवलका प्रेसिडेन्ट इलेक्ट करुण खनाल, सचिव लालहरि पाण्डेलगायतले पनि मृगौला बिरामीका लागि समाजले पु¥याएको योगदान प्रशंसनीय रहेको बताउनु भयो ।