दैलेख प्रहरीद्वारा आत्महत्या रोकथाम तथा जनचेतनामूलक कार्यक्रम

0
Shares

दिपेन्द्र कार्की बस्ताकोटी, दैलेख । जिल्ला प्रहरी कार्यालय दैलेखको आयोजनामा विश्‍व आत्महत्या रोकथाम दिवसको अवसरमा जनचेतानामूलक कार्यक्रम गरी मनाइएको छ ।

नायाराण नगरपालिका १ स्थित गणेश चोकबाट सरकारी तथा गैह्र सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधिहरु, शिक्षक, विद्यार्थीलगायत अन्य सरोकारवाल निकायको सहभागितामा र्‍याली सुरु भई बजार परिक्रमा गरी उक्त दिवस मनाइएको हो ।

समुदाय प्रहरी साझेदरी कार्यक्रमका संयोजक तथा नारायण नगरपालिका प्रमुख लोमन शर्माको अध्यक्षतामा जिल्ला समन्वय समितिका प्रमुख नमराज शाहीको प्रमुख अतिथ्यतामा, प्रमुख जिल्ला अधिकारी हरी प्याकुरेललगायत सुरक्षा निकायका प्रमुखहरु, राजनीतिक दलका प्रमुख एवं प्रतिनिधिहरु,महिला समूह, नागरिक समाज, शिक्षक विद्यार्थीहरुको उपस्थितिमा आत्महत्या रोकथाम सम्बन्धी विचार आदान प्रदान गरिएको थियो ।

प्रमुख प्रनाउ भुवनेश्‍वर प्रसाद साहले आत्महत्या रोकथामको अवधारण, आत्महत्याका कारण र रोकथामका उपाय सम्बन्धी प्रस्तुतिकरण गर्नु भएको थियो ।