सेनाद्वारा खोचमा खसेको एक जनाको उद्धार

0
Shares

काठमाडौं । नेपाली सेनाले खोचमा खसेको एक जनाको उद्धार गरेको छ ।

दोलखा कालिन्चोक गाउँपालिका–३ स्थायी घर भई हाल सिन्धुपाल्चोक जिल्ला, हेलम्बु गाउँपालिका–१ सर्कथली आधारभुत विद्यालयका शिक्षक केशव सिवाकोटीको उद्धार गरेको हो ।

हिजो (शनिबार) स्थानीय छ्यादी खोलामा नुहाउने क्रममा चिप्लिएर करिब दुई सय मिटर तल खोचमा खसेको सिवाकोटीलाई आज (आइतबार) सेनाले उद्धार गरेको छ ।