कैलालीमा बाढीले बगाएर २ जनाको मृत्यु, २ घाइते

0
Shares

धनगढी।

कैलालीमा बाढीले बगाएर अहिलेसम्म २ जनाको मृत्यु भएको छ । जिल्लाको धनगढी उपमहानगरपालिका–१३ की २० वर्षीया नबीना चौधरी र भजनी नगरपालिका वडा नम्बर ८ का ५५ वर्षीय कालुराम चौधरीको मृत्यु भएको हो ।

प्रहरीका अनुसार नबीना र कालुराम शनिबार बेपत्ता भएका थिए । बेपत्ता भएका उनीहरुको शव भेटिएको प्रहरीले जनाएको छ । शनिबार माछा मार्ने क्रममा झलारी नालामा बगेर नबीना बेपत्ता भएकी थिइन् भने कालुरामको शव आइतबार जनकपुर नजिक फेला परेको थियो ।

शुक्रबार रातिदेखि परेको अविरल वर्षाले कैलालीमा धनजनको क्षति भएको छ । कैलालीका अधिकांश स्थानीय तहहरुमा बाढी आएर डुबानमा छन् ।

यस्तै चुरे गाउँपालिकामा पहिरोले घर भत्किदा ८ वर्षीय बालक घाइते भएका छन् । उता टीकापुर नगरपालिका–२ को विजयपुरमा बाढीले बगाएर २२ वर्षीय शिसिर चौधरी घाइते भएका छन् । उनीहरुको उपचार जारी रहेको प्रहरीले छ ।