टुकुचामाथि बनेका संरचना नभत्काउन उच्च अदालतको आदेश

0
Shares

काठमाडौं ।

उच्च अदालत पाटनले टुकुचा खोलाको सुरुङमाथि बनेका संरचना नभत्काउन अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ ।

आइतबार न्यायाधीश दिपेन्द्रबहादुर बमको एकल इजलासले रित पुर्‍याएर संरचना बनाएकाले उचित मुआब्जा नदिई संरचनाहरू हटाउन नमिल्ने निष्कर्ष निकालेको छ ।

अन्तरिम आदेशको छलफलका लागि अदालतले असोज ५ गते दुबै पक्षलाई बोलाएको छ ।