रसुवामा १० वर्षमा ५५ जनाले गरे आत्महत्या

0
Shares

रसुवा । जिल्लामा १० वर्षभित्र झन्डै ५५ जनाले आत्महत्या गरेका छन् ।

जिल्ला प्रहरी कार्यालय रसुवाले विश्व आत्महत्या रोकथाम दिवशको अवसरमा सार्वजनिक गरेको तथ्यांकअनुसार विभिन्न कारणले आत्महत्या गर्नेको संख्या रसुवामा न्यून रहेको र १० वर्षको अन्तरालमा रसुवामा आत्महत्याको संख्या ५५ जना मात्रै रहेको छ ।

प्रहरीले सामाजिक र मनोवैज्ञानिक असर पर्ने भएकाले यसलाई रोकथाम तथा नियन्त्रण गर्ने बसैको दायित्व रहेको बताएको छ ।

आर्थिक वर्ष २०६९/७० मा ६ जनाले, २०७०/७१ मा ४, २०७१/७२ मा ५, २०७२/७३ मा ७, २०७३/७४ मा ६ जनाले आत्महत्या गरेका छन् । त्यस्तै आव २०७४/७५ मा ४, २०७७/७८ मा ६ र २०७८/७९ मा ४ जनाले आत्महत्याबाट ज्यान गुमाएको बताइएको छ ।

विगत १० वर्षको अवधिमा रसुवामा ४६ जनाले झुयिडएर, ८ जनाले विष सेवन र १ जना खोलामा हाम फालेर ज्यान गुमाएका छन् ।

विश्व आत्महत्या दिवसको अवसरमा सदरमुकाम धुन्चे बजार परिक्रमा गरि प्रभातफेरीसहित जनचेतनामूलक सन्देश प्रवाह गरि कार्यक्रमको समापन गरिएको छ ।

दिवसका अवसरमा प्रमुख जिल्ला अधिकारी नवराज जैसीले समाजमा आत्महत्या किन वढछ र यिनको रोकथाम के कारणले हुन्छ भन्नेमा हामी राष्ट्र सेवक कर्मचारी, शिक्षक, नागरिक समाज पत्रकार समाजसेवी बृद्विजीवि र सरोकारवाला सबै लागि पर्नुपर्ने बताउनुभयो ।।

दिवस मनाउन प्रजिअ नवराज जैसी,विष्णुदल गणका गणपति विक्रम थापा, सशस्त्र प्रहरी प्रमुख लगाएत विभिन्न सरकारी कार्यालयका प्रमुख,नागरिक समाज, शिक्षक, विदार्थी, पत्रकार सरोकारवाला निकायहरूको उपस्थिति रहेको थियो । दिवस जिल्ला प्रहरी कार्यालय रसुवाको आयोजनामा भएको हो ।