काठमाडौँ।
वरिष्ठ पत्रकार देवेन्द्र गौतमको निधन भएको छ । भक्तपुर निवासी ७८ वर्षीय गौतमको उपचारका क्रममा आज ललितपुरको ग्वार्कोस्थित बीएण्डबी अस्पतालमा निधन भएको हो ।
नेपाल पत्रकार महासङ्घ काठमाडौँ शाखाका अध्यक्ष सूर्य सुवेदीका अनुसार गौतमलाई निमोनियाको समस्या देखिएपछि उपचारका लागि बीएण्डबी अस्पताल भर्ना गरिएको थियो ।
नेपाल पत्रकार महासङ्घका पूर्वकार्यबहाक अध्यक्ष तथा सम्पादक समाजका पूर्वअध्यक्षसमेत रहेका गौतमको श्रीमती र दुई छोरा छन् । उनी काठमाडौँको कमलपोखरीमा जन्मिएका थिए।
नेपाल पत्रकार महासङ्घ काठमाडौँ शाखाका सदस्य गौतमको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने
बताइएको छ ।
प्रतिक्रिया