क्षतिपूर्ति लिने मेरो मनसाय छैन : समीक्षा अधिकारी

0
Shares

काठमाडौं ।

गायिका समीक्षा अधिकारीले आफू जोडिएको घटनामा क्षतिपूर्ति बापत वा अन्य कुनै पनि रकम माग नगरेको र नलिने बताएकी छन् ।

सामाजिक सञ्जाल फेसबुकमा मंगलबार स्टाटस लेख्दै उनले अदालतको फैसलाअनुसार आफूले क्षतिपूर्ति बापतको रकम लिने आफ्नो मनसाय नरहेको उल्लेख गरेकी हुन् ।

उनले सामाजिक सञ्जालमा आफूविरुद्ध आएका नकारात्मक कुराहरूमा दुःखसमेत पोखेकी छन् । साथै उनले दर्शकको साथ सहयोग र सकारात्मक बिचारले आफ्नो सांगितिक क्षेत्रमा समेत सहयोग पुग्ने आशा लिएको बताएकी छन् ।