कोजाग्रत पूर्णिमाको दिनमा सांसदको उम्मेदवारी दर्ता

0
Shares

काठमाडौं ।

आगामी मङ्सिर ४ गते हुने निर्वाचनका लागि प्रत्यक्षतर्फको मनोनयन दर्ता गर्ने दिन दशैंपछि कोजाग्रत पूर्णिमाको दिनमा परेको छ ।निर्वाचन आयोगले बिहीबार कार्यतालिका सार्वजनिक गरी असोज २३ गते आइतबार प्रत्यक्षतर्फको मनोनयन दर्ता गर्ने मिति तय गरेको हो ।

आयोगका प्रवक्ता शालिग्राम पौडेलका अनुसार प्रतिनिधिसभा र प्रदेशसभाको मनोनयन एकै दिन हुनेछ । कार्यतालिकाअनुसार असोज २३ गते उम्मेदवारको मनोनयनपत्र दर्ता गर्ने र र दर्ता भएका उम्मेदवारको सूची प्रकाशन गर्ने, असोज २४ गतेदेखि २५ गतेसम्म मनोनयनपत्र र उजुरीउपज जाँचबुझ गरी निर्णय गरिने छ ।

त्यसै गरी असोज २५ मा उम्मेदवारको नामावली प्रकाशन गर्ने र २६ मा उम्मेदवारको नाम फिर्ता लिने र उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका रहेको छ । आयोगले समानुपातिक पद्धतितर्फको उम्मेदवारको बन्द सूची बुझाउने समय असोज २ गतेलाई तोकेको छ । आयोगले असोज २६ गते नै निर्वाचन चिह्न प्रदान गर्ने कार्यतालिका उल्लेख छ ।