अभिभावक गुमेको देश

0
Shares

भरपर्दो जनशक्ति योजनाको अभाव भएको, दक्ष जनशक्ति पनि विदेश पलायन भएको अवस्था छ, रोजगारी केवल राजनैतिक मात्रै भएको र प्रशासन, प्रहरी, सेना, संस्थान सबै किसिमका कर्मचारीहरूलाई दलमा लाग्न प्रेरित गरिएको छ ।

बत्तीस वर्षदेखि देश दलहरूको सिण्डिकेटमा चलेको छ । जनता करको मारले थिचिएका छन्, नेताजीहरूको उपचार खर्च मात्रै अर्बौं अर्बको छ, संघीयता, लोकतन्त्र र गणतन्त्रलाई दुहुनो भैंसी बनाएका नेताहरूले न प्रदेशको नाम राख्न सके, न देशमा उत्पादन वृद्धि गरेर व्यापारघाटा कम गर्न सके, न विदेशी ऋण नै घटाउन सके, पछिल्लो समय झन् झन् बढेको अवस्था छ ।

अब त एक नेपाली जन्मँदै ६९ हजार ऋण बोकेर जन्मने भएको छ । जन प्रतिनिधि भनिएको संसद्लाई पेवा मात्र बनाएनन्, कोमामा धकेले, अदालतबाट ब्युँझिएको संसद् निजी खेलौना बनेको छ र यसको उमेर आफैँ बढाउनसम्म पछि परेको अबस्था छैन । दुवै हातले खान लालायित नेताहरूबाट केही नेपाल ऐन संशोधनसमेत गरेर यो पक्ति तयार गरुन्जेल प्रतिनिधिसभाको आयु लम्ब्याउने विषयमा कुरा भइरहेको र जन असन्तोष तीव्र बढिरहेको अबस्था छ ।

दलहरूको ताण्डव नृत्य छोरी, जुवाइँ, साला, साली, जेठान ओरिएन्टेड राजनीतिको विकल्प सोच्दै धरान, काठमाडौंलगायत विभिन्न क्षेत्रमा नेतृत्व परिवर्तन पनि भएको छ र तिनलाई खुला रूपमा स्वीकार्न दलहरू पछि परेका छन् । काठमाडौंले पाएको अभिभावकत्वलाई धेरैले अपरिपक्वताको पर्याय समेत भने । र त काठमाडौँको फोहोर माथि यिनले सधैंझैँ, भनौं मेलम्चीझैं राजनीति गर्न, पछि परेनन्, सकिनसकी बालेन डोजर लिएर टोल टोलै कुदिरहेका छन्, दलहरूको खिचातानीले सहर अस्तव्यस्त मात्रै होइन गाउँ गाउँमा पनि समस्या छ, गाउँ खालि भइसकेको छ, बलिया हातहरू कि त युरोप अमेरिका भासिएका छन्, या त खाडी देश, त्यहाँ पनि दलाल र विचौलियाले चयनसँग खान दिएका छैनन् । आएको विप्रेषण रकमले यहाँ विकास वा उत्पादनमा लगानी गरिएको छैन, बरु नेताका नाममा उपचार, गाडी खरिद र दर्जनौं सुरक्षा सैन्य दस्ताहरूको खर्च वृद्धि गराइएको छ ।

लोकतन्त्रका नाममा जनतालाई लुटतन्त्र, नेतालाई भने लोभतन्त्र, लाभतन्त्र चलाइएको छ, जनता तीव्र असन्तोषमा छन्, यसै सेरोफेरोमा अर्को चुनाव आउन लागेको छ, तर स्वतन्त्र चुनावी सरकार बन्न सकेको छैन, किन्तु सांसदको लोगो, तलव भत्ता, सुविधासहितै फेरि जनतामा जाने, एक दिन पनि खालि गर्न नहुने सदस्यहरूको पदावधि शपथग्रहणसम्म रहने भन्दै आपैंm कानुन बनाउने आपैंm लालमोहोर लगाउन समेत तल्लीन बनेका छन् यहाँका दलहरू ।

श्रीलंकाको हविगत बिर्सेका छन् नेताहरूले, आप्mनो दलको कुनै एजेन्डा छैन, अरुसँग टाँसिएका छन्, सिद्धान्ततः पूर्ण विचलित भएको अवस्था छ । न यहाँ वीपीको विचार लागु छ, न पुष्पलालहरूको, अब कंग्रेसको नेतृत्व हँसिया हथौडाले गरे पनि अनौठो मान्नु नपर्ने भएको छ, विदेशीहरूको इशारामा नाचिरहेका छन् दलहरू, एम सी सी का केसमा जनतालाई अबुझ बनाइयो, एस पी पी का विषयमा मौन छन्, जुन आदेशबाट आपूm सत्तामा पुगियो उसैलाई भित्तामा पु¥याइएको अवस्था छ भने उनैलाई ६ महिनापछि बयान लिन बोलाएर आफूले आफ्नै सबै धोती फुस्केको पत्तो पाएका छैनन् दलहरूले ।

शक्ति सन्तुलनका लागि लोकतन्त्रको पर्याय न्यायपालिकालाई निमित्त वा भनौँ कामुबाट सञ्चालन गरेर आपूmले जग हँसाएका छन् र श्री ३ को शैलीमा कार्यपालिका, विधायिका र न्यायपालिकाको सबै नेतृत्व आफैँले एकलौटी गरेका छन्, राष्ट्रपतिलाई रबर स्टाम्प बनाई नागरिकता विधेयक जबरजस्ती ठेलेका छन्, विदेशीलाई सिन्दुर र नागरिकतासँगै दिनेगरी विश्वास दिलाएका नेताहरूले हामीले तपाइँहरूका लागि भलोे गरेका छौँ भन्दै हिँडेका छन् ।

चुनावी एजेन्डामा रहेका मोनोरेल, मेट्रोरेल, घर घरमा ग्याँस पाइपलाइन, शिक्षा, स्वास्थ्यको कुनै ख्याल गरेका छैनन्, हरेक स्थानीय तहमा अस्पताल पनि भने, बाटा घाटाको ठूलै चर्चा गरे, सामान्य पूर्वाधार नभएको बस्तीलाई नगरपालिका भने, कर अधिक सोहोरेर लिए, आफ्नो मान्छेलाई राजनैतिक भर्ती केन्द्र बनाए, इँटा भट्टामा मान्छे जलाएर कैदमा रहेकालाई र अन्य त्यस्तै गर्नेलाई समेत टिकट दिएर चुनावको खिल्ली उडाएका छन्, दिउँसै रात पारेका छन्, सुशासन र पारदर्र्शिता, जवाफदेहिता, जिम्मेवारीबोध जस्ता अति आवश्यक लोकतन्त्रका गुण, आदर्शहरूलाई तिलाञ्जली दिएर गठबन्धन, हरेक दिन सिट तालमेल र भागबण्डाको रटान रटेका छन्, जनताका जन जीविकाका विषयमा कहीँ एक छिन् छलफल भएको सुनिएको छैन, ट्राफिक अस्तव्यस्तता, एक घण्टा पानी पर्दा सडकमा रोपाइँ हुने अवस्था, सरकारी अस्पाल गइसक्नु छैन, निजी अस्पतालहरूको चर्को शुल्क तिर्न सकिने अवस्था छैन, बिमा भनिन्छ, निजी कम्पनी पोस्ने नियत छ, ओम्नी, यति, ललिता निवास, क्यान्टन्मेन्टका कुरा सबै सेलाएर गएका छन्, भ्रष्टाचार गर्दिन भन्छन् नीतिगत भ्रष्टाचारको कुरा महालेखा परीक्षकको प्रतिवेदनले पुष्टि गर्छ, स्थानीय तहहरूको बेरुजुको चाँङ, कर्मचारी पूर्ति हुन नसकेको अवस्था, अनुभवी, सिपयुक्त कर्मचारीको अभाव, दल निकटका कर्मचारीको बाहुल्यता, दिनानुदिन सेवा प्रवाहमा समस्या, सरकारी कार्यालय निजी पसलजस्तो भएको छ भने ३ पल्टसम्म भाउ घटेर आउँदा तेलको भाउ नघटाउने, बढ्ने सुइँको नपाउँदै भाउ बढिसक्ने, यत्रा वर्ष संघीय निजामती सेवा ऐन नआउने, फास्ट ट्रयाकबाट नागरिकता विधेयक, एम सी सी छिर्ने, विदेशीको रजगज, कोठा चोटा, असन्तुलित परराष्ट्र नीतिले देशको अस्मिता धरापमा रहेको, सीमा सुरक्षित हुन नसकेको, कागजी नक्सा तयार भएको, आप्mनो भूमि फिर्ता लिन नसकिएको अवस्था छ ।

आयातीत लोकतन्त्र र गणतन्त्रले बेरोजगारी बढाएको, कृषि भूमिमा रासायनिक मल नपाइएको, सिँचाइ सुविधा नभएको, बीउ बीजन समयमा नपाइएको, किसानले बजार नपाएको, उद्योगधन्दाहरू सबैजसो निलिसकिएको, बाँकी भएका उदोगधन्दाहरूलाई आवश्यक कच्चा पदार्थ दिन नसकिएको, समयमा स्वदेशमै उद्योगलाई विद्युत् आपूर्ति गराउनु भन्दा विदेशमा बेच्न तरखर गरिएको यावत् समस्याहरू छन् देशमा । भरपर्दो जनशक्ति योजनाको अभाव भएको, दक्ष जनशक्ति पनि विदेश पलायन भएको अवस्था छ, रोजगारी केवल राजनैतिक मात्रै भएको र प्रशासन, प्रहरी, सेना, संस्थान सबै किसिमका कर्मचारीहरूलाई दलमा लाग्न प्रेरित गरिएको छ ।

द्वापरयुगको अन्त्यमा श्रीकृष्ण र युधिष्ठिर एकपल्ट घुम्दै देशाटन गर्दै थिए । युधिष्ठिरले अनौठो दृश्य देखे । यामानको एउटा हात्तीको दुईतिर सूँड रहेछ र दुवै सूँडले खानेकुरा खाँदैरहेछ, अचम्म मानी धर्मका प्रतीक युधिष्ठिरले सोधेछन्, ‘भगवान यो के अचम्म दुवै सूँडले खाना खाइरहेको’ ? श्रीकृष्णले सहजै उत्तर दिएछन्, ‘हेर बाबु अब कलि युगको आरम्भ हुन लागेको छ, यो हात्ती नेताको प्रतीक हो, कलिमा नेताहरू दुवै हातले खान्छन्, बेस्सरी डकार्छन्, लाज, घिन, सरम केही हुन्न यिनलाई, हसुर्न पाएपछि पुग्छ, यिनले प्रजातन्त्र र लोकतन्त्रको मुखुण्डो भिरेका हुन्छन्, सुशासनको सुगा रटाइ गर्छन्, जन्मँदा मात्रै होइन यिनले मान्छे मरिसकेपछि पनि तिनका नाममा पैसा उठाउँछन्, आप्mनालाई पोस्छन्, आपैmँ कानुन बनाउँछन्, घाट जाने बेलासम्म पदमै टिक्न चाहन्छन्, मरेपछि संस्था, प्रतिष्ठान खोलेर जनताको रगत पसिनामा होली खेल्छन्, संस्थाका नाममा पैसा, राज्यको ढुकुटी, बाँचुन्जेल सुख सयल, महँगा कार्पेट, हेलिकप्टर, महँगा शौचालय, आलिशान महल, सुनकै पलङ चाहिन्छ यिनलाई पुस्तौँ पुस्तासम्म रजगज गर्न चाहन्छन्, पाप धर्मको ख्यालै हुन्न, विधर्मी हुन्छन्, मठ मन्दिर बनाइ टोपल्यो भने ती केवल मागी खाने भाँडो बन्छन्, यो हात्ती जुन तिमीले देख्यौ, यो कलिको कुरूप नेता र नेतृत्वको प्रतीक हो, आश्चर्य मान्नु हुन्न यसमा’ ।

नभन्दै प्रतिनिधिसभाको कार्यकाल आफैँ थप्ने, आफैँ लम्ब्याउने, त्यसका लागि आजै आँटेर आजै कानुन बनाउन सक्ने यो हैसियत त श्री ३ को राणा शासनमा मात्र सम्भव हुन्छ नि, लोकतन्त्रमा कसरी हुन्छ ? कानुन बनाएर लुट्न सक्ने, पदमै रहेर निर्वाचनमा जानु पर्ने, बुद्धिमा बिर्को लागेको नभने के भन्ने यिनलाई ।

बालेन, हर्क, हमालहरू आउलान् भन्ने यिनको सोच थिएन, आए, त्यसै गरी नयाँ पुस्ताले नेतृत्व लिएर आउने चुनावमा यिनका बाकस खालि गर्न सके नेपाली जनताको विजय मान्न सकिन्छ, यिनहरूले धेरै झुक्याए, सत्ता टिकावका लागि हदैसम्मको नैतिकता बेचे, छल, कपट गरे, सबै संयन्त्रहरू कमजोर बनाए, सबैतिर आप्mना मान्छे मात्रै लगे, पैसा र पद, शक्तिको दुरूपयोग गरे, गरिब जनताको सातो लिए, न तिनले उपचार पाए, न तिनले शिक्षा पाए, पछिल्लो एस ई ई को परिणाम, कक्षा १२ को परीक्षा परिणामले पनि सो को पुष्टि गरेको छ ।

नैतिक र इमान्दार समाज सेवा गर्न सक्ने, राष्ट्र बोक्न सक्ने जनशक्ति तयार गर्नुको सट्टा ढुँगा हान्न सिकाइयो, सरस्वतीको मन्दिर भनिने सरकारी शैक्षिक उच्च संस्थामा सधैं तालाबन्दी छ, दल निकट भ्रातृ संस्थाहरूले कब्जामा लिएका छन्, तमाम संस्थाहरूमा दल निकटका मान्छे मात्रै नियुक्ति गरिएकाले यस्तो भएको हो ।

योग्यता, विज्ञता, क्षमताको कुनै गुन्जायस भएन, अब पनि चुनावबाट यिनैलाई सत्ताको ढुकुटी बुझाउनु भनेको भोटरको पनि दोष देखिन्छ, अब सबै मतदाताले बुझिसकेका छन्, विदेशमा बस्ने नेपालीलाई भोटिङ राइट छैन, यहीँ पनि इच्छा नहुनेलाई नो भोटको व्यवस्था गर कानुन बनाऊ भनेको धेरै समय भयो अदालतले, त्यस विषयमा चासो छैन ।

राइट टू रिजेक्टको प्रणाली भए जनमतको अवस्था अबगत हुन्छ, अहिले पनि हजारौँ भोट बदर भएको अवस्थाले आम जनताले राजनीतिप्रति देखाएको नैराश्यता नै हो । रत्नाकर व्याधा थिए, संगतिले बाल्मीकि भए, त्यो अवस्था आउला भन्ने समय पनि अब घर्किसकेको छ, पिण्ड खानेबेला हुँदा पनि नेताहरूले पद छोडेनन्, नयाँ पुस्तालाई आउनै दिएनन्, जसोतसो आएकाहरूलाई अनेकाँै व्यवधान खडा गरिँदैछ ।

राजनीतिमा आउन इच्छुकहरू अहिले धेरै देखिएका छन्, निडर रूपमा तिनीहरूलाई मत दिएर शक्तिमा लग्नु पर्ने आजको आबश्यकता हो । देशका लागि अहोरात्र खट्न सक्ने युवा पुस्तामा अबको नेतृत्व जानुपर्छ, सधैँ एउटै वा केही दल,व्यक्ति विशेषको पेवा होइन देश, हरेक परीक्षाबाट यी असफल भइसकेका छन् ।