एक दर्जन सीडीओको सरुवा


काठमाडौं ।
सरकारले एक दर्जन जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ)को सरुवा गरेको छ ।गृह मन्त्रालय स्रोतका अनुसार काठमाडौंको प्रमुख जिल्ला अधिकारीमा ललितपुरका घनश्याम उपाध्यायलाई सरुवा गरेका छ। काठमाडौंका सीडीओ गोविन्द रिजाल मन्त्रालयको कर्मचारी प्रशासन प्रमुखमा सरुवा भएका छन् ।

त्यस्तै, कास्कीका जयनारायण आचार्यलाई ललितपुर सरुवा गरेको छभने प्रशासन महाशाखा प्रमुख टेकबहादुर केसीलाई कास्कीमा सरुवा भएका छन् । जुम्लाकी सीडीओ विजयाकुमारी प्रसाईलाई मन्त्रालयमा सरुवा गर्दै जुम्लामा मुकेशकुमार केसरीको सरुवा भएको छ ।

सूचना विभागका महानिर्देशक गोगनबहादुर हमाललाई दैलेखको सीडीओ बनाइएको छ भने दैलेखका हरि प्याकुरेल बाँकेको सहायक सीडीओ भएका छन् ।
बाँकेका सहायक सीडीओ टोपेन्द्रबहादुर केसी इलाका प्रशासन कार्यालय सिमरा र पाँचथरका सीडीओ सुरेश न्यौपानेलाई मन्त्रालयमा सरुवा भएका छन् । पाँचथरको सीडीओमा गणेश गैरे, नुरहरि खतिवडा सप्तरी, जनार्दन गौतम उदयपुर र वीरेन्द्र यादव सङ्खुवासभाको सीडीओमा सरुवा भएका छन् ।