मन्त्री श्रेष्ठमाथि अभद्र व्यवहार गरेको आरोपमा पक्राउ परेका सुरक्षा गार्ड थुनामुक्त

0
Shares

काठमाडौं ।

संस्‍कृति, पर्यटन, तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठमाथि अभद्र व्यवहार गरेको आरोपमा पक्राउ परेका सुरक्षाकर्मी छुटेका छन्।

सोमबार साँझ गरूड सेक्युरिटीका सुरक्षागार्ड शेरजंग गुरूङ हिरासतबाट छुटेका हुन्। प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले उनलाई हिरासतबाट साधारण तारेखमा रिहा गर्न आदेश दिएको जानकारी दिए।

मन्त्री श्रेष्ठलाई गत शुक्रबार सुरक्षा गार्ड गुरूङले लाइनमा बस्न आग्रह गरेका थिए। सो क्रममा दुर्व्यवहार गरिएको भन्दै पर्यटन मन्त्रालयले उजुरी दिएपछि प्रहरीले सुरक्षा गार्ड गुरूङलाई हिरासतमा राखेर अनुसन्धान गरेको थियो।