दिपायल राजधानी बनाउन प्रयास गरेको हुँ : पुर्वमन्त्री आले

0
Shares

डोटी ।

नेकपा एकिकृत समाजवादीका पोलिटव्युरो सदस्य तथा निवर्तमान संस्कृति, पर्यटन तथा नागरिक उड्डयानमन्त्री प्रेमबहादुर आलेले डोटीको दिपायलमा राजधानी राख्नका लागि आफुले हदैसम्मको प्रयास गरेको दावी गर्नुभएको छ ।

सोमबार गृहजिल्ला डोटीस्थित दिपायल विमानस्थलमा निर्माण हुने टर्मिनल भवनको शिलान्या कार्यक्रममा बोल्नु हुँदै उहाँले दिपालय राजधानी बनाउनका लागि आफुले कुनै कसुर बाँकी नराखेपनि त्यो सम्भव भएको बताउनुभयो । उहाँले भन्नुभयो, “मैले राजधानी दिपायल राख्न हदै सम्मको प्रयास गरेको हुँ, पहिले नै अस्थायी राजधानी कैलाली तोकिएकाले मेरो प्रयास असफल भयो ।”

तत्कालिन अवस्थामा हाम्रो पार्टीको अध्यक्ष कमरेड केपी ओली हुनुहुन्थ्यो, र पार्टीको बहुमतपनि थियो त्यही बेला मैले उहाँलाई भेटेर प्रदेशको सेन्टर पनि दिपायल भएको र त्यहाँ राजधानी राख्नुपर्छ भनेको थिए उहाँले मलाई हामी सरकारमा गए राखौला भन्नुभएको थियो, उहाँले मात्रै नभएर माधव कुमार नेपाल, प्रचण्ड जीलाई समेत दिपायल राजधानीका लागि आफुले कुरा गरेको बताउनु हुँदै उहाँले भन्नुभयो, “राजधानी दिपायल राख्ने विषयमा सबै सकारात्मक हुनुहुन्थ्यो, दुर्भाग्यबस बहुमतकै सरकारका बेला गोदावरी राजधानी तोकियो, राजधानी दिपायल बनाउनका लागि मैले हर प्रयास गरेकै ।”

हाम्रै डोटीको सांसद त्रिलोचन भट्ट मुख्यमन्त्री हुनुहुन्छ तर राजधानी तोक्नका लागि दुई तिहाई बहुमत चाहिन्छ त्यस कारण मुख्यमन्त्रीलेपनि त्यो सक्नुभएन । “म दावाका साथ भन्छु मैले दिपायल राजधानीका लागि हर प्रयास गरे त्यो बेला हाम्रो सरकार नभएकै कारण राजधानी अन्तै तोकियो ।” उहाँले भन्नुभयो ।तत्कालीन नेकपाभित्रबाट निर्वाचित भएका कैलाली–कञ्चनपुरका सांसदहरुले पहाडमा राजधानी ल्याउँनका लागि सहमति नदिएपछि राजधानी गोदावरीमा बनाउने निर्णय भएको उहाँको जिकिर थियो ।

अस्थायी राजधानी कैलाली तोकिनुलाई निर्वतमान मन्त्री आलेले डोटी र डोटेली नागरिकको लागि दुर्भाग्य भएको बताउनुभयो । यसैगरी अहिले धनगढीबाट राजधानी सरेर गोदावरीमा आएको तर, संरचना बन्न नसकेका कारण राजधानी त्यहाँ बन्छ भन्ने विषयमा पनि नागरिकमा आशंका पैदा भएको उहाँको भनाई थियो । गोदावरीमा वन जँगलका कारण राजधानीका संरचना निर्माणमा बाधा पुगेको उहाँको ठहर छ ।