कला निर्देशक उद्धवराज भट्टराई जुंगेको निधन



काठमाडौं । नेपाली चलचित्रका कला निर्देशक उद्धवराज भट्टराई जुंगेको निधन भएको छ । आज (शनिबार) विहान उनको निधन भएको हो ।

उनी लामो समयदेखि नेपाली सिने जगतको कलाकर्ममा थिए । उनले चलचित्रको अभिन्न अंगका रुपमा चिनिने कला निर्देशन गर्दै आएका थिए । यसका साथै भट्टराई भेषभूषा र साजसज्जाका प्रवन्धक पनि थिए ।

प्रतिक्रिया दिनुहोस्