आज कक्षा १२ को नतिजा सार्वजनिक हुँदै

0
Shares

काठमाडौं । आज (शुक्रबार) कक्षा १२ को नतिजा सार्वजनिक गर्न बोर्ड बैठक जारी छ । अपराह्न साढे ४ बजेबाट राष्ट्रिय परीक्षा बोर्डको बैठक शुरु भएको परीक्षा नियन्त्रक कृष्ण शर्माले जानकारी दिए ।

नतिजा सार्वजनिक गर्नका लागि सम्पूर्ण तयारी पूरा भएको र बोर्ड बैठकले निर्णय गरेपछि नतिजा सार्वजनिक गरिने शर्माले बताए ।

शर्माका अनुसार यसपटक नन् ग्रेडिङ प्रणालीअनुसार नतिजा प्रकाशन गरिँदैछ । त्यसका लागि सैद्धान्तिकतर्फको छुट्टै नम्बर र प्रयोगात्मकको छुट्टै नम्बर राखिनेछ । दुवैतर्फको नम्बर जोडेर विद्यार्थीलाई लेटर ग्रेटिङ सिस्टममा समावेश गरिने छ ।

गत जेठ १५ देखि २५ गतेसम्म लिइएको बोर्ड परीक्षामा ४ लाख १० हजार ५० विद्यार्थी सहभागी भएका थिए ।