वीर अस्पताल अगाडि मोटरसाइकलको ठक्करबाट पैदलयात्री घाइते

0
Shares

काठमाडौं ।

काठमाडौं महानगरपालिका–२७ वीर अस्पताल अगाडी मोटरसाइकलको ठक्करबाट एकजना पैदलयात्री घाईते भएकी छन् ।

घाईते हुनेमा रामेछाप घर भई हाल भोटेबहाल बस्ने ७५ वर्षिया राज कुमारी नगरकोटी रहेकी छन् । उनको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भैरहेको छ ।

आज बिहान पौने ७ बजे बा ३० प ९५३७ नम्बरको मोटरसाइकलले नगरकोटीलाई ठक्कर दिएको हो । मोटरसाइकल र चालक नियन्त्रणमा रहेको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।