डेंगी लागीहालेमा यसरी गनुहाेस् घरेलु उपचार

0
Shares

अहिले काठमाडौंलगायत देशका बिभिन्न ठाउँमा डेंगीको प्रकोप बढिरहेको छ । डा. रवीन्द्र पाण्डे भन्नुहुन्छ, मैले बंगलादेश पढ्दा डेंगीको भयाबह अत्यन्तै नजिकबाट महसुस हरेको थिएँ । फ्ल्याटमा बस्दा डेंगीको डरले हामी राति मात्र होइन, दिउँसो पनि झुलभित्र बसेर पढ्ने/सुत्ने गर्दथ्यौँ ।

मेरो बंगाली साथीलाई अचानक उच्च ज्वरो आउने, जोर्नी/मांशपेस र ढाड अत्यन्तै दुख्ने, आँखाको गेडी दुख्ने, टाउको फुट्लाजस्तो दुख्ने, वाकवाकी र वान्ता हुने तथा शरीरमा राता बिमिरा आउने लक्षण देखिए । हड्डी तथा जोर्नीमा अत्यधिक दुखाइ हुने भएकोले डेंगीलाई ‘ब्रेकबोन फिभर’ पनि भनिन्छ ।

सुरुमा उसले घरमै बसेर लक्षणअनुसारको औषधि सेवन गर्‍यो । रगत परीक्षण गर्दा डेंगी एनएस १ पोजिटिभ देखियो । WBC घटेर १२०० पुग्यो, प्लेट्लेट्स ५०,००० मा झर्‍यो । त्यसपछि उ तत्काल अस्पतालमा भर्ना भयो । पीसीआर टेस्ट गर्दा डेंगी भाइरस पोजिटिभ देखियो । अस्पताल पुगेपछि एकदम पेट दुख्ने, लगातार वान्ता हुने, मुखबाट रगत आउने, एकदम छटपटी हुने, शिथिल हुने, कलेजो सुन्निने तथा प्लेट्लेट्स घट्दै गयो ।

उसलाई रगत चढाउने, सलाइन दिने तथा अन्य उपचार दिने क्रम भइरहेको थियो । दर्जनौँ पिन्ट रगत दिएपछि उसको प्लेट्लेट्स १०,००० बाट बढ्न थाल्यो । त्यसपछि हामी ढुक्क हुन थाल्यौँ । अस्पताल भर्ना भएको एक हप्ता निकै तनावमा बित्यो । प्लेट्लेट्स बढ्न थालेपछि उसलाई कालो चिया, दालको रस हुँदै मुखबाट खाना दिन सुरु भयो । अस्पतालको खाना उसले पटक्कै खान सकेन । हामीले आफैँ पकाएर उसलाई दिनको ३ पटक खाना पुर्‍याउने गर्‍यौँ । उपचार तथा आहारको सन्तुलनले उसलाई निको भयो ।

बंगलादेशमा डेंगीको कारण बर्सेनि धेरैको मृत्यु हुन्छ । त्यसो त भारत र नेपालको तराई पनि डेंगीको जोखिममा पर्दछन् । बिगत केहि वर्षदेखि डेंगी तराइमा मात्र नभएर पहाड तथा शहरमा पनि उकालो लागिरहेको छ ।डेंगीको समयमै उपचार नगरेमा ग्रन्थी प्रणाली तथा रक्तनली नष्ट हुन सक्छन् । छालाभित्र रगत जम्ने, आन्तरिक रक्तश्राव हुने तथा रक्त सञ्चार प्रणाली फेलर हुन सक्छ ।

साधारण डेंगीभन्दा रक्तश्रावजन्य डेंगी निकै खतरनाक हुन्छ । यसबाट डेंगी सक सिन्ड्रोम हुँदै मृत्यु पनि हुन सक्छ । डेंगीको ठोस उपचार छैन । ज्वरो आउने, टाउको तथा हड्डी दुखेमा ब्रुफिन/निमुसेलाइड/एस्पिरिनलगायतका औषधि खानु हुँदैन । पारासिटामोल सुरक्षित हुन्छ । मल्टिभिटामिन खान सकिन्छ । प्लेट्लेट्स बढाउन हाल मेवाको पातबाट बनेका चक्की बजारमा उपलब्ध छन् । ती चक्की चिकित्सकको सिफारिस र निगरानीमा मात्र सेवन गर्न सकिन्छ ।

डेंगीको घरेलु उपचार
• ज्वरो तथा दुखाइको लागि पारासिटामोल मात्र खाने ।
• शक्तिको लागि क्याप्सुलमा एन्टी अक्सिडेन्ट भिटामिन खान सकिन्छ।
• प्रशस्त पानी, जीवनजल, फलफुल, फ्रेस जुस खाने।
• मेवा, अनार, किवी, पालुंगो, काँक्रो प्रशस्त खाने।
• प्लेटलेट घटेमा दिनको ३० मिलि मेवाको पातको जुस खाने।
• बाख्राको दुध प्रतिदिन १ गिलास खाँदा डेंगुमा हुने सेलेनियमको कमी, जसले प्लेटलेट घटाउछ, मा फाइदा हुन्छ।
• रोग प्रतिरोधात्मक क्षमता बढाउन गुर्जोको रस वा पात खाने।
• अम्बा वा अम्बाको जुस Tannis, vitamins, mineral हुन्छ।
• स्याउ तथा स्याउको रस निकै उपयोगी हुन्छ।
• नीमको पातले पनि प्लेटलेट बढाउछ।
• हरियो सागपात, माछा, मासु, अण्डा र गहुँमा भिटामिन – के पाइन्छ, जसले रक्ताश्राब रोक्न मद्दत गर्छ।
• मेथीको दाना भिजाएर खाँदा यसमा हुने Vitamins C & K, fiber, minerals आदिले रोगप्रतिरोधात्मक क्षमता बढाउछ।
• दुधमा बेसार राखेर खाँदा एन्टी भाइरल औषधिको काम गर्छ।
• तुलसीको पात तथा कालो मरिचमा प्रचुर एन्टी अक्सिडेन्ट तत्व हुन्छन।
• जौंको जमराको रस पनि निकै फाइदाजनक हुन्छ।
• सुन्तला, कागती, नरिवल पानी, सागसब्जी, फलफुल तथा प्रोटिन प्रशस्त पाइने खाना खाँदा फाइदा हुन्छ।
• खीर रुचिकर तथा फाइदाजनक हुन्छ।
• अदुवा, दालचिनी वा तेजपात आदि मिलाएको हर्बल चियाले फ्रेस बनाउँछ।
— ( चिल्लो तथा पचाउन गाह्रो हुने खाना नखाने।)
यी सबै एकैपटक खानुपर्छ भन्ने होइन। यी मध्ये जुन जुन उपलब्ध हुन्छ, त्यो सेवन गर्ने। डेंगीमा पानीको मात्रा कम भएमा सलाइनपानी दिने तथा गाह्रो भएमा अस्पताल भर्ना हुनुपर्दछ। यी घरेलु उपचारसंगै चिकित्सकको निगरानी र उपचार जारी राख्नुपर्छ।

कुन अवस्थामा तुरुन्त अस्पताल जाने ?

-नाक, मुखबाट वा बान्ता गर्दा रगत आएमा
-ज्वरो नियन्त्रण नभएमा
-सेतो रक्तकोष तथा प्लेट्लेट्स निकै घटेमा
-बेहोस होलाजस्तो भएमा

डेंगीबाट बच्ने उपायहरू: Ref UNICEF

-एडिज जातको लामखुट्टेले दिनको समयमा टोक्दछ । त्यसमाथि पनि बिहान र साँझको समयमा टोक्ने सम्भावना बढी भएकोले सो समयमा थप सचेत हुने ।
– आफ्नो घर वरिपरि, कार्यस्थल र सार्वजनिक ठाँउहरूमा पानी जम्न नदिने । पानी राख्ने भाँडालार्ई लामखुट्टे नछिर्ने गरि राम्ररी छोपेर राख्ने दिउँसो पनि लामखुट्टे भगाउने धूप बाल्ने र लामखुट्टेको टोकाईबाट बच्ने मलम लगाउने ।
-घरको झ्याल ढोकामा लामखुट्टे नछिर्ने जाली हाल्ने ।
-बिहान, दिउँसो, राती जुनसुकै बेला झुल लगाएर मात्र सुत्ने
– पूरै शरिर ढाक्ने लुगा लगाउने ।
– पानी राख्ने भाँडाहरू जस्तै ट्यांकी, ड्रम, बाटा, बाल्टिन आदिलाई लामखुट्टे नछिर्ने गरी राम्ररी छोपेर राखौं । साथै पानी जम्न सक्ने ठाउँमा पानी जम्न नदिन नियमित सफा गरौं ।
– काम नलाग्ने र पानी भरिन सक्ने सामानहरू जस्तै बोतल, टायर, प्लास्टिकका बस्तुहरू पानी जम्न नमिल्ने गरि विसर्जन गर्ने ।
-घररविधालयको अध्याँरा कुना–काप्चा, जस्तैः पर्दा पछाडी, खाटमु