सडक भासिदा राजमार्ग अवरुद्ध

0
Shares

पाल्पा । सिद्धार्थ राजमार्ग अन्र्तगत पर्ने बुटवल तानसेन खण्डको तिनाउ गाउँपालिका-५, हिउँदेखोला नजिकै सडक भाँसिदा राजमार्ग अवरुद्ध बनेको छ । हिउँदेखोला नजिकै ४० मिटर सडक भाँसिदा आज दिउँसो साढे ४ बजेदेखि यातायातसमेत अवरुद्ध बनेको हो ।

सडक भाँसिएर सिद्धार्थ राजमार्गमा यातायात सञ्चालन हुन नसकेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले बताउनुभयो । सडक डिभिजन कार्यालयको सहयोगमा बाटो खुलाउने प्रयास भइरहेको थापाले जानकारी दिनुभयो ।

सडक अबरुद्ध हुँदा पाल्पाबाट बुटवल जाने र बुटवलबाट पाल्पातर्फ आउने सयौँ सवारीसाधन बीच बाटोमै रोकिएको प्रहरीले जनाएको छ । सडकको अवस्थाको वारेमा जानकारी लिन प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्त सहितको सुरक्षा निकायको टोली त्यसतर्फ गएको छ ।