राष्ट्रियसभामा समितिका प्रतिवेदन पेश

0
Shares

काठमाडौं । राष्ठ्रियसभाको आजको बैठकमा विभिन्न समितिका प्रतिवेदन पेश भएका छन् ।

बैठकमा राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन, अनुगमन र मुल्याङ्कन समितिका सदस्य देवेन्द्र दाहालले राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन, अनुगमन तथा मूलयाङ्कन समितिको वार्षिक प्रतिवेदन २०७६ र समितिको एकीकृत प्रतिवेदन २०७९ सभासमक्ष पेश गर्नुभयो ।

त्यस्तै बैठकमा विधायन व्यवस्थापन समितिका ज्येष्ठ सदस्य नारायणदत्त मिश्रले राष्ट्रपति विद्यादेवी भण्डारीबाट पुनःविचारका लागि फिर्ता भई प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ र प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त कारागार विधेयक २०७६ सम्बन्धी प्रतिवेदन सभासमक्ष पेश गर्नुभयो ।