वृद्धवृद्धाहरुको संवाद चौतारी

0
Shares

अन्यत्रजस्तै हाम्रो गाउँमा पनि मूलबाटोका छेउमा एकजोर चौतारो छ । चौतारा धेरैै थिए । विकासले एक–एक गरी मास्यो । एकजोर चौतारो अद्यावधि मासिन बाँकी छ । गर्मीका याममा गाउँका बूढाबूढीहरु त्यस चौतारामा जम्मा हुन्छन् । कोही ढुङ्गाका बनिबनाउ यन्त्रमा बाघचाल खेल्छन् । कोही जीवनपछिका जीवनका सुनिसुनाउ कुरा गर्छन् । कति निक्कै उत्सुक बनेर आजको राजनीतिका कुरा गर्छन् । गाउँमा युवाहरु छैनन् । युवाहरु हुँदा हुन् त वृद्धवृद्धाहरुका कुरा तिनीहरुलाई कस्तो लाग्दो हो कुन्नि । मलाई भने यो जमघट रमाइलो लाग्छ । बूढाहरुमा खप्पिस पण्डित पनि छन् । देशदेशावर चहारेका भुक्तभोगीहरु छन् । पूर्वसुरक्षाकर्मी, निजामतीकर्मी र निख्खरा रैथाने किसान छन् । पूर्वपञ्च पनि छन् । मैले गाउँमा रहँदा लगातार सात दिनसम्म चौतारामा उपस्थित भएर तिनका संवाद टिपेको छु । त्यसै टिपोटबाट आज म एकदिनका संवादको एउटा सानो अंश यहाँ पेस गर्दै छु ।

‘राजनीति गर्नेहरुले जति गफ हाँके पनि हामी नेपालीहरु आजसम्म कहिल्यै सुखी बन्न पएनौँ । नेपाल समृद्ध बन्न पाएन । किन ?’

‘किनभने हामी नेपाली जनता महाभारतका भीष्म बन्न सकेनौँ । काङ्ग्रेस–कम्युनिस्ट आवरणका बिकाउ नेताहरुका हातमा यो मुलुक सुरक्षित रहने कुरा थिएन । सुरक्षा स्वाधीनतामा ढुक्क हुन नपाएर नै मुलुक उन्नति–प्रगतिका बाटोमा अगाडि बढ्नै पाएन ।’

‘२०४८ सालमै आफ्नो झम्टावाल व्यवहारबाट भालु प्रमाणित भएको भालुबहादर ३० वर्ष बितेर ३१ वर्ष, २०७९ साल आइपुग्दा पनि कुर्सीलाई ¥यालले भिजाएर घुर्घुर् गर्दै अटेर बसिरहेको छ । अभैm कुर्सी छाड्ने कुरा उठ्यो भने झाँक्री रोदन रुन्छ । भालु नचाउनेहरु लामोहात गर्न पाएकोमै मक्ख छन् । यस्ता सत्तालम्पट धोक्राहरु भरिरहने प्रणालीबाट नेपाल कसरी बन्छ ?’

‘बूढा खुम्रेहरु मर्लान् र मुलुकले जरा चपाइनुबाट विश्राम पाऊला भन्ने आशा गर्दागर्दै तीन दशक बिते । बूढा खुम्रेहरु आज पनि देश चपाउन नयाँ–नयाँ दाँत रोप्दै छन् । यसबीच नयाँ खुम्रेहरुको अत्यास लाग्दो उत्पादन थपिएको छ । सबै वंशज नागरिकताधारी छन् । अङ्गीकृतहरुको बाढी थपिँदै छ । मुलुकभित्र खुम्रे कीराहरुको जनसंख्या अभूतपूर्व रुपमा बढेको छ । बढ्दै छ । यो भयंकर चिन्ताको विषय हो कि होइन ? चिन्ताको विषय हो भने यी खुम्रेहरुलाई माटोबाट निर्मूल नगरेसम्म कसरी बन्छ नेपाल ?’

‘दिनभरि निष्क्रिय रहने र राति सक्रिय हुने अनि मान्छेका रगत–मासु काँचै खान हुरुक्क हुने, मान्छेजस्तै आकारका एकथरी प्राणीलाई पुराणका जमानामा राक्षस भनिन्थ्यो । निशाचर पनि भनिन्थ्यो । निशाचर भनेको राति घुमफिर गर्ने, सिकार गर्ने, खानपिन गर्ने आधारमा भनिएको व्यवहारबोधक शब्द हो । निशा भनेको रात, चर भनेको चर्दै हिँड्नु ।

निशाचरहरु आज पनि छन् । आजका निशाचर अर्थात् राक्षसहरु पढेगुनेका, भाषणभीषण गर्न जान्ने, दाउपेचमा खप्पिस हुन्छन् । उखान तुक्का, कथा, कविता के चाहिन्छ त्यो भरेर थुप्रै कलात्मक कुरा गर्न सक्छन् । दर्शनशास्त्र, धर्मशास्त्र फटाफट पारायण गर्न सक्छन् । विभिन्न उदाहरण र दृष्टान्त दिन सक्छन् । पुराणकालमा कति मुलुकमा राक्षसहरु शासक थिए, प्रशासक थिए । वेद–पुराणमा ती राक्षसहरुका राइँदाइँका बखान पनि लेखिएका छन् ।

निशाचरी एउटा छुट्टै संस्कृति हो । तिनीहरुका आफ्नै सांस्कृतिक साँठगाँठ र वैदेशिक सम्बन्ध हुन्थ्यो । लङ्कामा रावण शासक हुँदा दण्डकारण्य क्षेत्रमा खर, त्रिशिर, दूषण र सूर्पणखा शासन सत्तामा थिए । योरपमा महिरावण थियो । अमेरिकामा अहिरावण थियो । यिनका बीच दौत्यसम्बन्ध थियो । सामरिक सम्बन्ध थियो ।

लाग्छ, त्यति बेलाको लङ्का अहिलेको अमेरिका हो । पुराणको त्यो राक्षसी राजनीतिक संस्कृति साम्राज्यवादी अमेरिकाका आडमा धर्तीमा अभैm बाँकी छ ।’

‘पुराणकालमा एउटा असुर थियो भष्मासुर । हामीकहाँ त्यस भष्मासुरको कथा नसुनेको मान्छे छैन । सबैलाई थाहा छ, भष्मासुरले माया गरेरै टाउकामा हात राखिदियो भने पनि आपूm खरानी भइन्छ । सबैलाई थाहा छ, यसले महादेवलाई पनि टाउकामा हात राख्न खोजेको थियो । हिमालै हिमाल भागेर महादेवले ज्यान जोगाएका थिए । आजका युगको भष्मासुर भनेको साम्राज्यवादी अमेरिका हो । त्यसलाई नेपालका टाउकामाथि हात राख्न यहाँका निशाचरहरुले ससम्मान निम्ता गरेका छन् । जनताले प्रतिकार गर्न नसके मुलुकले परिणाम भोग्नुपर्छ । समय धेरै छैन ।’

‘म यस्ता संवादमा प्रायः अक्काशे थापा सम्झन्छु । नेपालका उदीयमान जेलेन्स्की हुन् अक्काशे थापा । अक्काशे थापाले नेपाल मुलुकलाई चार पाटा मुडेर ध्वस्त पार्ने र अनेपाल बनाइदिने आफ्नो ठेकेदारीको जिम्मेवारीको संवाद सुनाउँदा हामीले अक्काशे थापाले आपूmलाई नै भनेका रुपमा व्यङ्ग्यात्मकतारहित सोझो अर्थ समात्यौँ । कुरा यथार्थमा त्यो थिएन । कुरा त नेपाललाई चरम धम्की दिइएको थियो ।
कसैले ठान्नुहोला, उनी त थापा हुन् । त्यसरी भन्न मिल्दैन । मलाई लाग्छ– ‘थापा हुँदैमा सबै अमरसिंह र भक्ति थापा हुने भए नेपालले आज यी अक्काशे थापाजस्ता अभिशाप किन बेहोर्नुपथ्र्यो ?’

‘माकुराका बच्चाहरु जन्मनेबित्तिकै आफ्नी आमा खानु–बुत्याउनुलाई प्रथम पराक्रम ठान्छन् । फुल फुटेर त्यसबाट बाहिर निस्केपछि आफ्नै आमा खाएर–बुत्याएर बाँकी जीवन शुरु गर्छन् माकुराका बच्चाहरु । यसैलाई माकुरे संस्कृति पनि भनिन्छ । नेपालको राजनीतिमा माकुरे संस्कृतिले राम्रै जग हालेको छ । ओली माकुरे संस्कृतिका धुरन्धर पण्डित हुन् । उनले सनातनधर्मीहरुको प्रतिकृतिपूजा पद्धतिमाथि मचक्क कुल्चेर नेपाल आमाको नक्सा केकमा बनाए । जन्मदिनमा त्यो केक आपसमा बाँडे र खाए । अर्थात् नेपाललाई केक बनाएर खाए । यो विदेशी चलनचल्तीका आधारमा दिएको आमा खाने संस्कृतिको राजनीतिक सन्देश थियो ।

एमसीसी पारित गर्न मरिहत्ते गरिरहेका ओलीलाई कसैले बलात् सत्ताबाट धकेल्यो । शेरबहादुर नेतृत्वमा गठबन्धन सरकार बन्यो । सरकार बनाउने दुनियाँमा यो अर्को नयाँ लोकको लोकतान्त्रिक चमत्कार थियो । यस सरकारले जन्मनेबित्तिकै पहिलो पराक्रमका रुपमा एमसीसी पारित ग¥यो । एसपीपीको जग बसाल्यो । काम त ओलीले गर्न चाहेकै काम ग¥यो । ओलीलाई गर्न नदिएर आपूmले ग¥यो । मन्दिरअगाडि लाम लाग्नेले आपूmअगाडिका लाई धकेलेर पूजा गर्न उछिनेजस्तै ग¥यो । एमसीसी पारित हुँदा भक्तिभाव विवश विचरा ओलीचाहिँ भावविभोर हुँदै सदनमा खैँजडी बजाउँदै, भजन गाउँदै नाचिरहे । अर्थात् आमा खाने माकुरालाई पहिला आरती ।’

‘अनि छ नि, यो निजगढ विमानस्थल बनाउने जिद्दी छ नि । यो पनि एमसीसीकै पूरक राष्ट्रघात हो । बुझिराख्नुस् । यो कुरा आउनुपर्ने जति बाहिर आएको छैन । निजगढ विमानस्थल नेपाल र नेपालीको आवश्यकता होइन । यसले नेपाल र नेपालीको भलो गर्दैन । यसले त नेपालको प्राकृतिक सन्तुलन सर्वनाश गर्छ । यो पनि साम्राज्यवादीहरुकै सामरिक आकाङ्क्षाको एउटा पाटो हो ।’

‘पृथ्वीनारायण शाहको शालिक ढाल्ने र राजा महेन्द्रका देशप्रेमलाई महेन्द्री राष्ट्रवाद भनेर व्यापक गाली दिई हिँड्नेहरु कसका खेताला रहेछन्, अहिले आएर त छ्याङ्गै छर्लङ्गै भयो नि, भएन र ?

नेपाली काङ्ग्रेस अराष्ट्रिय तत्व नै हो भन्ने तथ्य पटक–पटक प्रमाणित हुँदा पनि कति नेपालीले नेपाली काङ्ग्रेसलाई भोट दिन छाडेनन् । अघिल्लो चुनावमा त हँसिया–हथौडाधारी र सूर्यवालाहरुले पनि नेपाली काङ्ग्रेसलाई भोट दिए । अमेरिकी साम्राज्यवादका हातमा नेपाललाई दान गर्न सनातनीहरुको कन्यादान कार्यक्रमहरुमा जस्तै लाम लागेर सबैलै सघाए । धन्य छ नेपालीहरुको चेतना । हिजो पञ्चलाई गाली गर्थे, आज अब कसलाई गाली गर्छन् ?

कमी–कमजोरी त भए होलान् । तर पनि पञ्चहरुले मुलुकलाई हाटबजारमा पसल थापेका थिएनन् । बुझ्नुभो ?’ पूर्वपञ्चको यो प्रश्न मलाई पनि थियो । उत्तरमा म मुसुक्क हाँसेँ मात्र ।