बुटवलमा सवारी साधन दुर्घटना, बाबुछोराको मृत्यु

0
Shares

बुटवल । दुई वटा मोटरसाइकल आपसमा ठोकिदा भएको दूर्घटनामा परि बावुछोराको ज्यान गएको छ । बुटवल १३ बेलवासचोकस्थित पूर्व–पश्चिम राजमार्गमा पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको लु ४१ प ४१६८ नम्बरको मोटरसाइकलर विपरीत दिशाबाट आउँदै गरेको लु ४८ प ३२४६ नम्बरको मोटरसाइकल एकआपसमा ठोकिदा दुर्घटना भएको हो ।

मुनी लु ४१ प ४१६८ नम्बरकामोटरसाइकलमा सवार पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको लु १ क ४४२४ नम्बरको ट्याङकर मुनी पर्न जाँदा बुटवल १३ बेलवास बस्ने वर्ष ४० सोनु भट्टराई र निजको छोरा वर्ष ५ को निशान भट्टराईको ज्यान गएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परेका बावुछोरा उपचारको क्रममा लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा ज्यान गएको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक ठगबहादुर केसीले बताउनुभयो ।