फरार रहेका ६३ जना चालक कारबाहीमा

0
Shares

काठमाडौं । ट्राफिक नियम उल्लंघन गरेर फरार रहेका ६३ जना सवारी चालकलाई प्रहरीले कारबाही गरेको छ ।

सीसीटिभीमा कैद भएको भिडिओ फुटेजका आधारमा नियम उल्ल्ंघन गर्ने ३१ जना, एकतर्फी सडकविपरीत सवारी साधन चलाउने २३ जना र सवारी मोड्न निषेध गरेको स्थानमा सवारी साधन मोडेका ८ जना चालकलाई प्रहरीले कारवाही गरिएको हो ।

त्यसैगरी यात्रु लिन नमानेको कसुरमा १ जना चालकलाई पनि कारबाही गरेको प्रहरीले जनाएको छ ।

भदौ १ गतेदेखी १४ गतेसम्म काठमाडौं उपत्यकाको विभिन्न स्थानमा ट्राफिक नियम उल्लंघन गरेका ४ सय २० जना चालक मध्ये ट्राफिक प्रहरीले खोजी गरि ९७ जना चालकमध्ये ६३ जनालाई कारवाही गरिएको हो ।

अन्य चालकहरु हालसम्म प्रहरीको सम्पर्कमा नआएकाले खोजि भईरहेको ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले जानकारी दिए ।